गोरखा । नेपाल मगर संघ गोरखा क्षेत्र नम्बर २ को अध्यक्षमा बेदबहादुर राना चयन भएका छन् ।
हिजो शनिबार भएको दोस्रो अधिवेशनले रानालाई सर्व सम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।
पालुङटार नगरपालिका–२ को आँपपिपलमा भएको अधिवेशनले १३ सदस्यीय क्षेत्रिय समितिको चयन गरेको स्थानिय संजिव गुरुङले जानकारी दिए ।
उनका अनुसार उपाध्यक्षमा तोपबहादुर थापा, सचिवमा सपना आले मगर, सह–सचिवमा खड्गबहादुर राना र कोषाध्यक्षमा ज्ञानमायाँ आले चयन भएका छन् ।
निर्वतमान अध्यक्ष कृण्णबहादुर थापा मगरको अध्यक्षतामा भएको अधिवेशनले सदस्यहरुमा खिमबहादुर राना, लोकबहादुर राना, जितबहादुर थापा, बुद्विबहादुर पुलामी, मुगा राना मगर, लक्ष्मण आले र टेकबहादुर मास्की चयन भएका छन् ।
त्यस अघि निर्वतमान अध्यक्ष कृण्णबहादुर थापा मगरले अधिवेशनमा प्रतिवेदन पेश गरेका थिए ।



