×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १३ घण्टा अघि

आज कुशे औँसी
  • १६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १६ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १७ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • १ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गोरखा दरर्बार संग्रालयको उच्च रेकर्ड : एकै महिनामा करिब २७ हजारले गरे अबलोकन

  •  गोरखा समाचार
  • शनिबार, पुष ०५, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    https://www.gorkhasamachar.com/wp-content/uploads/2025/12/Gorkha_Durbar_Sangralay_NEWS.wav

     

    गोरखा । गोरखा सदरमुकाममा रहेको गोरखा दरर्बार संग्रालयले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ । एकै महिनामा करिब २७ हजार मानिसले अबलोकन गरेपछी यो रेकर्ड कायम भएको संग्रालय प्रमुख जयनारायण कार्कीले बताए ।

    ‘संग्रलाय खुलेदेखी यो बर्षको मंसिर महिनामा सबैभन्दा धेरैले अबलोकन गरेको हो’ उनले भने ‘मंसिर महिनाको २९ दिनमा मात्रै स्वदेशी तथा बिदेशी गरी करिब २७ हजार मानिसले संग्रालयको अबलोकन गरेका हुन् ।’

    कार्कीले उपब्ध गराएको तथ्यांक अनुसार मंसिर महिनाको २९ दिनमा मात्रै २६ हजार ७१० जनाले संग्रालयको अबलोकन गरेको देखिन्छ । जसमा सबैभन्दा धेरै बिद्यार्थीहरुको संख्या रहेको छ ।

    शैक्षिक भ्रमण यो सिजनमा उक्त संग्रलायमा १६ हजार २२९ जना बिद्यार्थी, १० हजार १३६ जना नेपाली, ७ जना सार्क र ३३८ जना अन्य तेस्रो देशका नागरिकहरुले अबलोकन गरेका छन् ।

    यो सहित यो आर्थिक बर्षको ५ महिनामा मात्रै ६२ हजार २१६ जनाले संग्रालयको अबलोकन गरेका छन् । यो तथ्यांकलाई केलाउदा २९ हजार ११० जना बिद्यार्थी, ३२ हजार ९९० जना नेपाली, २८ जना सार्क र तेस्रो देशका १ हजार ८८ जनाले अबलोकन गरेको देखिन्छ ।

    कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार गएको साउन महिनामा ७ हजार २४७ जना, भाद्रमा त्यो संख्या घटेर ४ हजार ६८५ जना, असोजमा त्यो संख्या बढेर ६ हजार ११९ जना र कार्तिकमा त्यसको तेब्बर बृद्वि भएर १८ हजार ४५५ जनाले संग्रालयको अबलोकन गरेको देखिन्छ ।

    संग्रालयको लेखा शाखाले दिएको जानकारी अनुसार यो आबको ५ महिनामा १३ लाख ३ हजार ५१० रुपैयाँ राजश्व आम्दानी भएको छ ।

    तात्कालिन राजा राजेन्द्र बिक्रम शाहको पालामा बिक्रम संम्बत १८९६ सालमा निर्माण भएको उक्त दरर्बार अहिले ६८ रोपनी क्षेत्रफलमा फैलिएको छ । नेपाली ईतिहासमा राज परिवारले बनाएको यो नै अन्तिम दरर्बार हो ।

    पंञ्चायत कालमा जिल्ला भित्रका सबै सरकारी कार्यालय रहेको यो दरर्बारमा बिक्रम संम्बत २०६५ साल जेठ १९ गते विधीवत रुपमा संग्रालयको रुपमा खुल्ला गरीएको हो । संग्रालय बाहिर भने करिब ३०० प्रजातिका बोट बिरुवाहरु देख्न पाइन्छ ।

    दरर्बारको बिच भागमा रहेको १२ वटा कोठामा नेपाल एकिकरणका पिता एवं तात्कालिन राजा पृथ्वीनारायण शाहका ४४ हात १६ अंगुल लामो चिना, उनले तात्कालिन अबस्थामा लडाइमा प्रयोग गरिएका हात हतियार, दिब्य उपदेश, भाँडा बर्तनका साथै सोही बेला प्रयोगमा आएको मोहर (सिक्का–पैसा), लिच्छबी कालिन चैत्यहरुका साथै विभिन्न जातजातिलाई दर्शाउने गरगहना तथा भेषभूषा र बाजागाजाहरु प्रर्दशनमा राखिएको छ ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    शनिबार, पुष ०५, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.