गोरखा । गोरखा सदरमुकाममा रहेको गोरखा दरर्बार संग्रालयले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ । एकै महिनामा करिब २७ हजार मानिसले अबलोकन गरेपछी यो रेकर्ड कायम भएको संग्रालय प्रमुख जयनारायण कार्कीले बताए ।
‘संग्रलाय खुलेदेखी यो बर्षको मंसिर महिनामा सबैभन्दा धेरैले अबलोकन गरेको हो’ उनले भने ‘मंसिर महिनाको २९ दिनमा मात्रै स्वदेशी तथा बिदेशी गरी करिब २७ हजार मानिसले संग्रालयको अबलोकन गरेका हुन् ।’
कार्कीले उपब्ध गराएको तथ्यांक अनुसार मंसिर महिनाको २९ दिनमा मात्रै २६ हजार ७१० जनाले संग्रालयको अबलोकन गरेको देखिन्छ । जसमा सबैभन्दा धेरै बिद्यार्थीहरुको संख्या रहेको छ ।
शैक्षिक भ्रमण यो सिजनमा उक्त संग्रलायमा १६ हजार २२९ जना बिद्यार्थी, १० हजार १३६ जना नेपाली, ७ जना सार्क र ३३८ जना अन्य तेस्रो देशका नागरिकहरुले अबलोकन गरेका छन् ।
यो सहित यो आर्थिक बर्षको ५ महिनामा मात्रै ६२ हजार २१६ जनाले संग्रालयको अबलोकन गरेका छन् । यो तथ्यांकलाई केलाउदा २९ हजार ११० जना बिद्यार्थी, ३२ हजार ९९० जना नेपाली, २८ जना सार्क र तेस्रो देशका १ हजार ८८ जनाले अबलोकन गरेको देखिन्छ ।
कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार गएको साउन महिनामा ७ हजार २४७ जना, भाद्रमा त्यो संख्या घटेर ४ हजार ६८५ जना, असोजमा त्यो संख्या बढेर ६ हजार ११९ जना र कार्तिकमा त्यसको तेब्बर बृद्वि भएर १८ हजार ४५५ जनाले संग्रालयको अबलोकन गरेको देखिन्छ ।
संग्रालयको लेखा शाखाले दिएको जानकारी अनुसार यो आबको ५ महिनामा १३ लाख ३ हजार ५१० रुपैयाँ राजश्व आम्दानी भएको छ ।
तात्कालिन राजा राजेन्द्र बिक्रम शाहको पालामा बिक्रम संम्बत १८९६ सालमा निर्माण भएको उक्त दरर्बार अहिले ६८ रोपनी क्षेत्रफलमा फैलिएको छ । नेपाली ईतिहासमा राज परिवारले बनाएको यो नै अन्तिम दरर्बार हो ।
पंञ्चायत कालमा जिल्ला भित्रका सबै सरकारी कार्यालय रहेको यो दरर्बारमा बिक्रम संम्बत २०६५ साल जेठ १९ गते विधीवत रुपमा संग्रालयको रुपमा खुल्ला गरीएको हो । संग्रालय बाहिर भने करिब ३०० प्रजातिका बोट बिरुवाहरु देख्न पाइन्छ ।
दरर्बारको बिच भागमा रहेको १२ वटा कोठामा नेपाल एकिकरणका पिता एवं तात्कालिन राजा पृथ्वीनारायण शाहका ४४ हात १६ अंगुल लामो चिना, उनले तात्कालिन अबस्थामा लडाइमा प्रयोग गरिएका हात हतियार, दिब्य उपदेश, भाँडा बर्तनका साथै सोही बेला प्रयोगमा आएको मोहर (सिक्का–पैसा), लिच्छबी कालिन चैत्यहरुका साथै विभिन्न जातजातिलाई दर्शाउने गरगहना तथा भेषभूषा र बाजागाजाहरु प्रर्दशनमा राखिएको छ ।




















