गाेरखा । सदरमुकामकाे बाह्र किलाे क्षेत्रमा अहिले बिहान जिप दुर्घटनामा परेकाे छ । दुर्घटनामा कसैलाई पनि कुनै पनि क्षति नभएकाे बाह्र किलाे प्रहरीले जनाएकाे छ ।
गाेरखा बजारबाट आँबुखैरेनी तर्फ जादै गरेकाे ग ३ च ८६८३ नम्बरकाे टाटा याेध्दा जिप दुर्घटनामा परेकाे हाे । जिपमा चालक मात्र सवार रहेकाे पनि प्रहरीले जानकारी दिएकाे छ ।
गाेरखा नगरपालिका-११ काे बाह्र किलाे बजारमा भएकाे उक्त दुर्घटनामा चालक र सवारी समेतमा कुनै क्षति नपुगेकाे प्रहरीले जनाएकाे छ ।
बिहान ८:३० बजे भएकाे उक्त दुर्घटनामा चालक शंकर कुमाल रहेकाे र सवारीकाे ब्रेक नलाग्दा नालामा पल्टिएकाे स्थानिय सुरेन कुवरले जानकारी दिए ।
उक्त सवारीमा किराना पसलका सामाग्रीहरु रहेकाे पनि उनले बताए ।
तस्बिर : सुरेन लामिछाने



