साँकेतिक तस्बिर
गोरखा । गोरखामा आज माछा मार्न गएको १ जना पुरुष मृत फेला परेका छन् । मृत फेला परेका ब्यत्ती बारपाक सुलिकोट गाउँपालिका–५ ताकुमाझ लाकुरी बोट, आरुखर्कका दलबहादुर बराम भएको जिल्ला प्रहरी कार्यालय गोरखाले पुष्टी गरेको हो ।
बरामलाई सिरानचोक गाउँपालिका–७ श्रीनाथकोटको साठीमुरे स्थित लाङदी खोलामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक भरतबहादुर बिकले बताए ।
आजै लाङदी खोलामा माछा मार्न गएका उनी दिउसो २ः३० बजे खोलामा नै डुबेर मृत अवस्थामा फेला परेको पनि उनले जानकारी दिए ।
बराम हाल सिरानचोक गाउँपालिका–७ को अर्कुलमा डेरा गरी बस्दै आएको पनि गोरखा प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ ।



