साँकेतिक तस्बिर
गाेरखा । वैदेशिक रोजगारीका लागि कोरिया पठाउने भन्दै रकम ठगी गरेकाे आराेपमा प्रहरीले १ जना पक्राउ परेकाे छ । पक्राउ पर्नेमा भिमसेनथापा गाउँपालिका-३ तान्द्राङका ४३ वर्षीय खडानन्द लामिछाने भएकाे उपत्यका अपराध अनुसन्धान कार्यलय काठमाडाैंले पुष्टी गरेकाे हाे ।
आकर्षक तलबको प्रलोभनमा पारेर कोरिया पठाईदिने बहानामा लामिछानेले पिडितबाट ३ लाख रुपैयाँ ठगी गरेकाे प्रहरीले जानकारी दिएकाे छ ।
हाल काठमाडौै जिल्ला टोखा नगरपालिका-३ बस्दै आएका लामिछानेकाे स्थायी घर भिमसेनथापा गाउँपालिका-३ तान्द्राङ भएकाे जानकारी दिएकाे छ ।
पीडितले दिएको उजुरीका आधारमा लामिछानेलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले मंसिर २९ गते काठमाडौं महानगरपालिका-९ बाट पक्राउ गरेको हो ।
पक्राउ परेका लामिछानेलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ ।



