गाेरखा । ईग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल, चेल्सी र लिभरपुल विजयी भएका छन् ।
गएराति भएको खेलमा शीर्ष स्थानको आर्सनलले पुछारको उल्भ्सलाई २–१ गोलले हरायो ।
आर्सनलले २ वटै गोल उपहारका रुपमा पाएको थियाे । उल्भ्सका साम जोनस्टोन र यरसन मोसक्वेराले आत्मघाती गोल गरेपछि आर्सनल ३ अंक जोड्न सफल भयो ।
उल्भ्सका आरोकोडारेले १ गोल फर्काए । यो जीतपछि आर्सनल १६ खेलबाट ३६ अंकमा शीर्षमा छ ।
त्यस्तै अरु खेलमा.चेल्सीले एभर्टनलाई र लिभरपुलले ब्राइटनलाई २ गोलले पराजित गरे । फुलहमले बर्नलीलाई ३–२ गोलले हराएको छ ।
प्रिमियर लिगमा आज ५ वटा खेल हुँदैछन् । तालिकाको दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेससँग खेल्दैछ ।
त्यस्तै आज बेलुका सन्डरल्याण्ड र न्यूक्यासल, नटिङघम फरेस्ट र टोटनहम, वेस्टह्याम र एस्टनभिल्ला तथा ब्रेन्टफोर्ड र लिड्स यूनाइटेडले पनि खेल्दैछन् ।




















