×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • ५ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

भीमसेन थापा गाउँपालिकाको पहिलो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न

  •  गोरखा समाचार
  • शुक्रबार, मङि्सर २६, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    https://www.gorkhasamachar.com/wp-content/uploads/2025/12/Bhimsen_Thapa_Ghaupalika_NEWS.wav

     

    गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिकाको चालु आर्थिक बर्ष २०८२-०८३ को पहिलो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

    गाउँपालिकाको सभाहलमा भएको कार्यक्रममा सहभागीहरुले हिउदेँ बर्षाले धानबालीमा क्षति पुगेका किसानलाई राहातको व्यवस्था गर्नुपर्ने, किसानलाई सहज रुपमा रासायिक मल उपलब्ध गराउनुपर्ने, पालिका भित्रका टोलविकास संस्थाहरुको सञ्चालनका लागि सहयोग उपलब्ध गराउनुपर्ने लगायतका माग गरेका छन् ।

    कार्यक्रममा भीमसेन थापा गाउँपालिकाका-१ का टेकप्रसाद ढकालले गाउँपालिकाले किसानको धानबालीमा पुगेको क्षतिको मूल्याङ्कन गरेको भएपनि अहिलेसम्म राहत उपलब्ध नगराएको दुखेसो गरे ।

    कार्यक्रममा सहभागी-७ का रेवती पाण्डेले रासायनिक मलका लागि किसानले हरेक बर्ष हैरानी खेप्दै आउनु परेको गुनासो गरे । उनले २५ बोरा रासायनिक मलका लागि आफुहरुले १२ हजारसम्म भाडा तिर्नुपरेको भन्दै सहकारीमार्फत किसानलाई मल वितरण गर्नसक्ने अवस्था रहेको बताए ।

    त्यस्तै कार्यक्रममा सहभागी भीमसेन थापा गाउँपालिका–१ स्थित ठूलोपोखरी टोल विकास संस्थाका अध्यक्ष खुनप्रसाद भट्टले टोल विकास संस्था सञ्चालनका लागि गाउँपालिकाले उपलब्ध गराउने भनिएको १० हजार सहयोग उपलब्ध नभएको गुनासाे गर्दै टोल विकास संस्थाले ऋण काढेर संस्था नवीकरण गर्नुपर्ने बाध्यता रहेको बताए ।

    कार्यक्रम नेपाल शिक्षक महासंघ भीमसेन थापा गाउँपालिकाका अध्यक्ष भूमी गोतामले पालिकाबाट प्रदान गर्ने सेवाप्रवाहमा जवाफदेहिताको कमी रहेको बताए । कार्यक्रममा सहभागीहरुले उठाएको प्रश्नको जवाफ दिदै गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जराले सिमित स्रोत, साधन र शक्तिले जनताको असिमित आवश्यकता पुरा गर्न नसकिएकाे बताए ।

    उनले भीमसेन थापा गाउँपालिका नमुना पालिकाको बाटोमा अघि बढेको भन्दै नागरिकहरुको तर्फबाट उठाएका सवै समस्याहरुलाई दोहोरिन नदिने गरि भूमिका खेल्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

    कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष अमृतादेवी वस्ती भट्टले गाउँपालिका भित्र प्रदेशमार्फत भएका विकासको योजनाहरु बढी गुनासो आउने गरेको बताइन ।

    उनले अनुमगन समितिको संयोजकको हिसावले पालिका अन्तरर्तगका सवै योजनाको प्रभावकारी अनुगमन गरेर मात्र भुक्तानी दिने गरिएको स्पस्ट पारीन ।

    कार्यक्रममा सहभागीहरुले उठाएका प्रश्नको जवाफ दिदै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारीले गाउँपलिकाले टोल विकास संस्थाहरुलाई दिने भनिएकाे १० हजार आर्थिक सहयोग उपलब्ध गराउने प्रक्रिया छिट्टै सुरु गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले बर्षाले धानबालीमा पुगेको क्षति विवरण संलकन गरेर राहतका लागि माथिल्लो निकायमा पहल गरिरहेको समेत बताए ।

    कार्यक्रममा गाउँपालिका सामाजिक विकास शाखाका प्रमुख नारायण श्रेष्ठ, वडा नम्बर ५ का वडाध्यक्ष होमबहादुर बरामु, गाउँपालिका शिक्षा शाखाका प्रमुख यानबहादुर नेपाली, स्वास्थ्य शाखाका प्रमुख भेषराज खनाल, कृषि शाखाका प्रमुखलगायतले सहभागीहरुले उठाएको प्रश्नको जवाफ दिएका थिए । कार्यक्रममा पालिका भित्रका १२० जनाभन्दा बढीको सहभागिता रहेको थियो ।

    लेखकबाट थप:

    • साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    • आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
    • सुन ताेलामा ११ सयले घट्याे

    शुक्रबार, मङि्सर २६, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.