प्रतिकात्मक तस्बिर
गाेरखा । गाेरखा धुवाकाेटका १ जना पुरुषलाई प्रहरीले लागूऔषध खैरो हेरोइन सहित पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा पालुङटार नगरपालिका-८ बस्ने ३१ वर्षीय बिशाल तामाङ भएकाे प्रहरी प्रभाग नागढुङ्गाले पुष्टी गरेकाे हाे ।
तामाङ हिजाे शुक्रबार चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट पक्राउ परेकाे हाे । अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम ४०० मिलिग्राम सहित तामाङलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको जनाएकाे छ ।
प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले धरानबाट काठमाडौंतर्फ जादै गरेको बा.प्र.००३-००१ ख ३३६६ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।



