गोरखा । एमालेको ११ औं महाधिवेशन प्रतिनिधि छनौटका लागी हिजो भएको चुनावमा ९ जना चयन भएका छन् ।
२ वटा निर्वाचन क्षेत्र रहेको गोरखामा क्षेत्र नम्बर १ र २ बाट ४–४ जना र समग्र जिल्लाबाट १ जना गरी ९ जना चयन भएको एमाले गोरखाले जनाएको हो ।
क्षेत्र नम्बर १ कोलागी गोरखा सदरमुकाममा रहेको एमाले पार्टी कार्यालयमा भएको चुनावमा खुल्ला तर्फ मोहन भट्टराई र विशाल थापा चयन भएका छन् । युवा तर्फ प्रविण अधिकारी र महिला तर्फ मिना बराम चयन भएको एमाले गोरखाले जनाएको छ ।
त्यस्तैगरी क्षेत्र नम्बर २ कोलागी छेवेटार बजारमा भएको चुनावबाट खुल्ला तर्फ प्रेम गुरुङ र बावुराम थापा चयन भएका छन् । युवा तर्फ सुमन श्रेष्ठ र महिला तर्फ शान्ति चापागाई चयन भएको एमाले पार्टी कार्यालयले जानकारी दिएको छ ।
त्यस्तैगरी, हिजै सम्पन्न निर्वाचनले समग्र जिल्लाको दलित प्रतिनिधित्व गर्दै कृण्ण नेपाली निर्वाचित भएका छन् ।
एमालेले ११ औं महाधिवेशन मंसिर २७ गतेदेखि २९ सम्म काठमाडौंमा गर्दैछ । सोही महाधिवेशनमा भाग लिन शनिबार देशभर एकैसाथ प्रतिनिधि छनौट गरेको हो ।



