गाेरखा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरर्गत आज भएकाे पहिलाे खेलमा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्स बिरुद्ध जित हात पारेकाे छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय स्टेडियममा भएको खेलमा लुम्बिनीले पोखरालाई ३ विकेटले पराजित गरेको हो ।
पोखराले दिएको १५१ रनको लक्ष्य लुम्बिनीले १९.४ ओभर खेल्दै ७ विकेट गुमाएर पूरा गरेको हो । जितका लागि अन्तिम ओभरमा १० रन आवश्यक हुँदा सन्दीप जोराले २ चौका प्रहार गर्दै लुम्बिनीलाई जित दिलाए ।
यो जितपछि लुम्बिनीले लगातार ३ हारको शृङ्खला ब्रेक गरेको छ । ५ खेलबाट ४ अंक जोडेको लुम्बिनी अंकतालिकामा पाँचौ स्थानमा उक्लेको छ ।




















