साँकेतिक तस्बिर
गोरखा । गोरखा तर्फको त्रिशुली नदीमा १ जना पुरुषको वेवारिसे शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय गोरखाले दिएको जानकारी अनुसार अन्दाजी ३०–३५ बर्षका पुरुषको वेवारिसे शव फेला परेको हो ।
शव गण्डकी गाउँपालिका–२ को गोर्दी स्थित त्रिशुली नदी किनारमा तैरिरहेको अवस्थामा फेला परेको थियो ।
बिहीबार बिहान ११ बजेको समयमा स्थानियले खबर गरेर प्रहरी चौकी कुरिन्टार गोरखाबाट गएको प्रहरीको टोलीले शव नदी किनारमा घोप्टो अवस्थामा फेला पारेको गोरखा प्रहरीले जानकारी दिएको छ ।
ब्यत्ती पहिचानकोलागि देशैभरको प्रहरी कार्यालयमा जानकारी गराइएको पनि प्रहरीले जानकारी दिएको छ ।
उनको शव अहिले प्रादेशिक अस्पताल गोरखाको शव गृहमा राखिएको पनि प्रहरीले जनाएको छ ।
घटनाका बारेमा प्रहरी अनुसन्धान सुरु गरेको जनाएको छ ।



