गाेरखा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज विराटनगर किंग्स र चितवन राइनोजले खेल्दैछन् । खेल दिउँसो ४ बजे त्रिवि क्रिकेट रंगशालामा शुरू हुने छ ।
सन्दीप लामिछाने कप्तान रहेको विराटनरले यसअघि तीन खेल खेलेकोमा सबैमा विजयी भएको छ । विराटनगर ६ अंकसहित तालिकाको दोस्रो स्थानमा छ ।
यसअघि २ खेलमा १ जीत र १ हार व्यहोरेको चितवन २ अंकका साथ तालिकाको पाँचौ स्थानमा छ । चितवनको कप्तान कुशल मल्ल रहेका छन् ।




















