साँकेतिक तस्बिर
गाेरखा । जिल्लाकाे शहिद लखन गाउँपालिकामा सामान्य विवादमा दाउ प्रहार गरेर घाईते बनाउने बिरुद्ध गाेरखा प्रहरीले ज्यान मुद्धा दर्ता गराएकाे छ ।
ज्यान मुद्धा दर्ता गरिएका ब्यती शहिद लखन गाउँपालिका-५ ताक्लुङ देउरालीका २९ बर्षिय मिलन आले भएकाे जिल्ला प्रहरी कार्यालय गाेरखाले पुष्टी गरेकाे हाे ।
आलेले यही मंसिर ७ गते आइतबारका दिन राती ९:४० बजेकाे समयमा खाना खाने बिषयलाई लिएर बिवाद हुदा संगै काम गर्ने रसुवा जिल्ला उत्तरगया गाउँपालिका- ४ का बर्ष ३० को सबिन थिङ र चिनियाँ नागरिक बर्ष ४५ को मिस्टर थोङलाई दाउ प्रहार गरेर घाईते भएका थिए ।
साेही गाउँपालिका-४ काे ताक्लुङमा रहेकाे सिञ्जाली मा.बिकाे भवन निर्माणमा खटिएकाे दुवै जनालाई दाउ प्रहार गरेर भागेका आलेलाई प्रहरीले खाेजतलास गरी मंसिर ८ गते साेमबार ज्यान मार्ने उद्योग मुद्दामा दिन ७ म्याद लिई थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गाेरखाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक भरतबहादुर बिकले जानकारी दिए ।
उनका अनुसार आलेले प्रहार गरेकाे दाउले सबिन थिङ बायाँ गालामा, बायाँ घाँटी र ढाँडमा चोट लागेकाे छ भने चिनियाँ नागरिक मिस्टर थोङ टाउकोको पछाडी भागमा चोट लागेकाे छ ।
दुवै जनाकाे प्रदेश अस्पताल गाेरखामा उपचार पछी काममा फर्किएकाे पनि उनले बताए । पक्राउ परेका आले बिरुद्ध प्रहरीले अनुसन्धान अगाडी बढाएकाे प्रउ बिकले बताए ।



