गाेरखा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज काठमाण्डु गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन् । यी २ टोलीबीचको खेल दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदानमा हुनेछ ।
करण केसीको कप्तानीमा रहेको काठमाण्डु गाेर्खाजले यो संस्करणमा यसअघि ३ खेल खेलेको छ । जसमा २ खेलमा हार र १ खेल जित निकालेको छ । काठमाण्डु गाेर्खाज २ अंक सहित तालिकाको पाँचौँ स्थानमा छ ।
रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनीले यसअघि खेलेको २ खेलमध्ये १ खेलमा जित निकाल्दै २ अंकसहित छैटौँ स्थानमा छ ।
दुवै टोली आज जितको खोजीमा छन् । प्लेअफको सम्भावना जीवितै राख्न यी दुईवटै टोलीलाई आजको खेल जित्नैपर्ने दबाब छ ।
काठमाण्डु गाेर्खाज र लुम्बिनी लायन्सले आ–आफ्नो पहिलो खेलमा जित निकाल्दै प्रतियोगितामा राम्रो शुरूवात गरेका थिए । काठमाण्डु गाेर्खाजले पहिलो खेलमा साविक विजेता जनकपुर र लुम्बिनीले चितवन राइनोजलाई हराएको थियो ।



