गाेरखा । गाेरखामा हिजाे खेत जाेत्ने क्रममा ट्याक्टरले च्यापिएर १ जना पुरुषकाे ज्यान गएकाे छ । ज्यान गुमाउनेमा पालुङटार नगरपालिका-९ मिरकाेटका ६० बर्षिय जग बहादुर बानिया भएकाे गाेरखा प्रहरीले पुष्टी गरेकाे हाे ।
उनी जग्गा धनी भएकाे प्रहरीले जानकारी दिएकाे छ । प्रदेश २-०३-००१ त २८२७ नम्बरकाे ट्याक्टरकाे पछाडी भागमा काठ राखेर साेही काठमा बसेर खेत सम्याउने क्रममा ट्याक्टरकाे गियर फेल हुदा ठाेकिएर बानियाँकाे घटना स्थलमा नै ज्यान गएकाे प्रहरीले जानकारी दिएकाे छ ।
पछाडी भागमा बसेका बानियाँलाई ट्याक्टर ब्याक हुदा ठक्कर दिएकाे थियाे । घटना लगत्तै प्रहरी चाैकी रातामाटाबाट खटिएकाे प्रहरीकाे टाेलीले चालक धन बहादुर कुमाल र ट्याक्टर नियन्त्रणमा लिएकाे छ ।
प्रहरीले घटनाकाे अनुसन्धान सुरु गरेकाे जनाएकाे छ ।
तस्बिर : जिल्ला प्रहरी कार्यालय गाेरखा



