गोरखा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी गोरखाले हिजाे शनिबार गाेरखा सदरमुकाममा बृहत प्रर्दशनसहित जनसभा सम्पन्न गरेको छ । एमाले सदरमुकाममा बृहत जनप्रर्दशनसहित जनसभा गरेको हो ।
एमाले जिल्ला कमिटीको आयोजनामा र्यालीसहितको जनसभा गरिएको एमाले गोरखाले जनाएको छ । सदरमुकामस्थित पार्टी कार्यालयबाट सुरु भएकाे र्यालीले प्रतिक्षालय, हरमटारी चोक, विसौनी बसपार्क, ठूलो आँगन, हस्पिटल चोक हुँदै पुनः पार्टी कार्यलयमा फर्किएर सभामा परिणत भएकाे थियाे ।
पार्टी कार्यालयमा आयोजित कोणसभालाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य एवं गोरखा जिल्ला कमिटीका इन्चार्ज रामशरण बस्नेतले देशको विकास र सम्बृद्धीका लागि नेकपा एमालेको विकल्प नभएको बताए । जेनजी आन्दोलनमा नाम भएका विध्वस र अराजकता विरुद्ध एमाले उभिने उनको भनाई छ ।
देशको विकास र परिवर्तनका पक्षमा दृढताका साथ उभिएका कारण एमाले बिरुद्ध देशीविदेशी तत्वहरु लागेको भन्दै केन्द्रीय सदस्य वस्नेतले अब हुन जुनसकुै निर्वाचनमा पनि जनताले एमाललाई साथ दिने जिकिर गरे ।
जेनजी आन्दोलनका नाममा भएका सरकार तथा नीजि संरचनमा भएको क्षतिको विरोधमा एमालेले जिल्लामा बृहत शक्ति प्रर्दशन गरेको जिल्ला कमिटीका सचिव काजीराम रोकाले जानकारी दिए । एमाले संसद पुर्नस्थापना पक्षमा रहेको भन्दै अहिलेका सवै खालका समस्या समाधानका लागि संसद पुर्नस्थापना निर्विकल्प भएको भन्दै उनले पुर्न:स्थापनापछिको संसदले गर्ने निर्णय एमालेका लागि मान्य हुने बताए ।



