साँकेतिक तस्बिर
गोरखा । आफ्नै बुवाको हत्या गरेको आरोपमा गोरखाका १ जना यूवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चुमनुब्री गाउँपालिका–६ चुम्चेतका ३६ बर्षिय रोशन गुरुङ भन्ने पेम्बा लामालाई प्रहरीले पक्राउ गरेको प्रहरी बृत्त स्वयम्भू काठमाडौंले पुष्टी गरेको हो ।
काठमाडौं महानगरपालिका–१५ किमाडोल बस्ने लामालाई प्रहरी बृत्त स्वयम्भूले हिजो आइतबार राती पक्राउ गरेको हो ।
पेम्बाले आफ्नो बुवा ७८ बर्षिय आमकी लामालाई कुटपिट गर्दा गंभिर घाईते भएका थिए । आमकीको मनमोहन अस्पतालमा उपचारको क्रममा ज्यान गएलगत्तै प्रहरी बृत्त स्वयम्भूबाट खटिएको प्रहरीको टोलीले हिजो राती पक्राउ गरेको थियो ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।



