सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर–१३, करेखोला बस्दै आएका दानसिंह ठाडामगरले आफुसँगै सुतिरहेकी श्रीमतीको हत्या भएकाे छ । ४२ वर्षीय ठाडाले ४१ वर्षीया आफ्नै श्रीमती रविना थापाको आइतबार बिहानपख हत्या गरेको प्रहरीले जनाएको छ ।
हत्यालगत्तै ठाडामगरले विदेशमा रहेका छोराछोरी र प्रहरीलाई फोन गरेर घटनाबारे जानकारी दिएका थिए । उनले प्रहरीलाई दिएको जानकारी अनुसार नगर प्रहरी र करे खोला चौकीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी मोहनजंग बुढथापाका अनुसार मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि प्रदेश अस्पतालमा लगिएको र ठाडामगरलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेकाे छ ।
बेलुकाको खाना खाइसकेपछि श्रीमान दानसिंह र श्रीमती रविना ओछ्याएनमा पल्टिएर मोबाइल हेरिरहेका थिए । मोबाइल हेर्दाहेर्दै रविना निदाइन् । त्यसपछि दानसिंहले खाटको खुट्टा बनाउन राखिएको काठले टाउकोमा हिर्काएर हत्या गरेकाे प्रारम्भिक बयान दिएकाे सूचना अधिकारी थापाले बताए ।
तर श्रीमतीको हत्या किन गरे भन्ने खुलेको छैन ।



