×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

घरै नपुगि छिन्चुमा झगडा, जंगल पुर्याएर गरे प्रेमाको हत्या

  •  गोरखा समाचार
  • मङ्गलबार, बैशाख २३, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    सुर्खेत । शनिवार साँझ भेरीगंगा नगरपालिका–१२ छिन्चुमा प्रेमा ओली श्रीमानले पठाएका सामान लिन जान्छिन् । २६ वर्षीय प्रेमा घरबाट छिन्चु जाने भन्दै छोरीलाई माइतीमा छाडेर हिडेकी थिइन् ।

    नेपाली सेनाको वीरदल गण पाँचथरमा कार्यरत २८ वर्षीय दर्शन खत्री विदा लिएर शनिवार साँझ मात्रै छिन्चु पुगेका थिए । तर प्रेमालाइ खत्रीले आफू केही दिनपछि आउने तर सामान साथीसँग पठाएकाले तिमी बाहेक अरु कसैलाई नपठाउनु भन्दै छिन्चु बाेलाएकाे माइती पक्ष बताउँछन् ।

    प्रेमा घरबाट सरासर सामान लिन छिन्चुमा पुग्छिन् । साथीसँग सामान थिएन् बरु खत्री नै शनिवार साँझ ६ः३० बजेतिर छिन्चुमा भेटिन्छन् । दुवै जनाको भेट हुन्छ । शुरुमा सौहार्दता देखाएका खत्री र प्रेमाविच एकैछिनमा झगडा शुरु हुन्छ ।

    यो झगडा नौलो थिएन् । दुवै जनाको सम्बन्धमा खटपट चलेको झण्डै पाँच वर्ष वितिसकेको थियो । साथीसँग सामान पठाएको र लिएर जानु भनेका श्रीमान खत्री स्वंयम देखिएपछि प्रेमा रिसाएको ठम्याइँ परिवारको छ ।

    सामान लिन गएकी प्रेमाले ज्यानै दिनुपर्ला भन्ने कल्पना गरेकी थिइनन् । तर घटना नसोचेकै भयो । भेट भएको केही बेरमा खटपट भएका यस्ता कयौं क्षण प्रेमाले ब्यहोरेकी सकेकी थिइन् ।

    ‘दुवै जनाले एक अर्का माथि गर्ने शंकाले नै शनिवारको घटना हुन पुग्यो,’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख रुपेश खड्का भन्छन्, ‘प्रेमाले श्रीमानलाई अर्कै केटीसँग लाग्ने भनिरहने र श्रीमान खत्रीले पनि प्रेमामाथि शंका गर्दा जंगल पुर्याएर हत्या जस्तो गम्भीर अपराध भयो ।’

    दुवै जनाको छिन्चुमा भेटपछि प्रेमा वीरेन्द्रनगरतर्फ आउने बाटोतर्फ लाग्छिन् । शनिवार साँझ ७ बजेतिर उनीहरु दुवै जना झिगेनारा खोलाको पुल तरेर उत्तर पूर्वको रामजानकी सामुदायिक वनतर्फ लाग्छन् ।

    ‘आधा घण्टासम्म दुवै जनाको झगडा भयो । सम्झाउने अनेक प्रयत्न गर्दा प्रेमाले नमानेपछि कुटे,’ प्रारम्भीक अनुसन्धानमा खत्रीले भनेको बताउँदै प्रहरी प्रमुख खड्का भन्छन्, ‘झण्डै आधा घण्टा (७ः३०) सम्म जंगलमै बसेको र पछि प्रेमाको टाउकोमा ढुंगाले हानेपछि लडाए छन् ।’

    रिसको आवेगमा हानेका खत्रीले प्रेमा उठ्दै नउठेपछि आफै मरेको हो भन्ने बनाउन घाँटीमा प्रेमाकै सलले कसेर खोला किनाराको पानीमा फालेर घर गएको बयान प्रहरीलाई दिएका छन् ।

    खत्री शनिवार राती ८ बजे घटनास्थलबाट गुर्भाकोट घर गएको प्रहरीले जनाएको छ । ‘प्रेमाको हत्या आफू एक्लैले गरेको र आशंका नै मुख्य कारण भएको बयान खत्रीले दिएका छन्,’ खड्का भन्छन्, ‘प्रेमासँग विवाह भएको शुरुका केही वर्ष सम्बन्ध राम्रो भएकाे र विस्तारै बढी शंका गर्दा पाँच वषैदेखि सम्बन्ध राम्रो नभएको बयानमा भनेका छन् ।’

    गुर्भाकोट नगरपालिका–५ थक्लेनीमा ६ वर्षीय छोरीसहित प्रेमा एक्लै बस्थिन् । उनको माईती गुर्भाकोट नगरपालिका–५ तोरीबारी हो । उनकाे विवाह भएकाे सात वर्ष भयाे ।

    २०८१ भदौ असोजतिर खत्री विदामा घर आएका थिए । घर आएको बेला प्रेमाले स्थानीय एक महिलासँग कुरा गरेको फेला पार्छिन् । ‘छोरी हुर्किदै छन्, जिम्मेवार भएर परस्त्रीसँग कुरा गर्ने भनेर भएको विवाद माइतीसम्म पुगेको थियो,’ मामा खड्काले नेपालकर्मसँग भने, ‘माइती पक्षले सम्झाएर घटना मत्थर पारेका थिए । त्यसैको रिसले आज भान्जी गुमायौं ।’

    आइतबार दिउँसो थाकल खान जंगल गएकाहरुले शव देखेपछि प्रहरीलाई खवर गरेका थिए । घटनास्थलमा पुगेको प्रहरीले शव उठाउन हतार नगरी कुकुरसहितको टोली मगाएर थप अनुसन्धान गरेको थियो ।

    घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख खड्का, डिएसपी मोहनजंग बुढथापा, ईलाका प्रहरी कार्यालय छिन्चु र केनाई शाखा नेपालगञ्जबाट कुकुरसहितको प्राविधिक टोली छिन्चु पुगेको थियो ।

    साँझ मात्रै आफन्त घटनास्थल पुगेर शवको पहिचान गरेका थिए । प्रहरीकाे अनुसन्धान सिँधै प्रेमाका श्रीमानतिर जाेडियाे । प्रहरीले उनकाे खाेजी गरेर तत्कालै घरबाटै पक्राउ गर्याे ।

    प्रहरीकाे टाेली पक्राउ गर्न घरमै पुगेपछि निकै हताेत्साहित बनेका खत्रीले शुरूमा इन्कारी बयान दिएकाे प्रहरी बताउँछ । विचलित हुने, आत्तिने, फरक-फरक जवाफ दिने गरेपछि उनलाइ नियन्त्रणमा लिएकाे हाे ।

    इलाका प्रहरी कार्यालय छिन्चुमा ल्याएपछि उनले हत्या स्वीकार गरेपछि प्रहरीले अहिले थप अनुसन्धान गरिरहेकाे छ । प्रेमाको शव पोष्टमार्टमका लागि प्रदेश अस्पताल कालागाउँमा ल्याइएको छ ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    मङ्गलबार, बैशाख २३, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.