गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा रहेको एक बिद्यालयमा ६५ लाखको अक्षय कोष स्थापना गरीएको छ ।
बारपाक सुलिकोट गाउँपालिका–५ को ताकुमाझ लाकुरी बोटमा रहेको जलकन्यादेखी माध्यमिक बिद्यालयमा प्लस टु सञ्चालनको लागि अक्षय कोष स्थापना गरीएको प्रधानाध्यापक उमाकान्त ढकालले बताए ।
पूर्व निर्वाचन आयुक्त्त एवं अयक्षकोष सञ्चालक समितिका अध्यक्ष दोलखबहादुर गुरुङको पहलमा कोष स्थापना गरीएको प्रअ ढकालले जानकारी दिए ।
विगत २ बर्षदेखी विभिन्न सहयोग दाताबाट संकलन भएको उक्त रकम बिहीबार बिद्यालयको ७२औं बार्षिक उत्सव तथा अभिभावक दिवसको दिनमा घोषणा गरीएको अभियान्ता दोलबहादुर गुरुङले बताए ।
उनी आफैले आफ्नो र श्रीमतीको नाममा अक्षय कोषकालागि ५ लाख ५४ हजार १७० रुपैयाँ प्रदान गरेका छन् भने स्थानिय हरीजंग दवाडीले ५ लाख ५० हजार ५०० रुपैयाँ प्रदान गरेका छन् ।
शैक्षिक सत्र २०८० सालदेखी उक्त बिद्यालयमा कक्षा ११ र १२ सञ्चालन हुदै आएको छ । अक्षय कोषबाट आएको ब्याजबाट बिद्यालयको शैक्षिक एवं बिद्यार्थीलाई गुण स्तरीय शिक्षा दिन एवं शिक्षकहरुको तालिममा रकम खर्च गरीने छ ।
चन्दादाताहरुलाई बिद्यालयले बार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा सम्मान समेत गरेको छ ।
कार्यक्रममा पालिकाका अध्यक्ष विण्णु प्रसाद भट्टले जन स्तरबाटै यती ठुलो रकम उठाएर अक्षय कोष स्थापना गरेकोमा खुशी ब्यत्त गर्दै बिद्यालयको सर्वाङ्गगिण बिकासमा पालिकाले सहयोग गर्ने बचन दिए ।
बार्षिक उत्सवको अवसरमा २०५६ सालका एसएलसी ब्याजका पूर्व विद्यार्थीहरुले पनि १ लाख १२७ रुपैयाँको छुट्टै अक्षय कोष स्थापना गरी बिद्यालयलाई हस्तान्तरण गरीएको संयोजक मधुकर खड्काले जानकारी दिए ।
उनका अनुसार उक्त अक्षय कोषबाट आउने ब्याज रकमबाट बर्षेनी १ जना शिक्षक र १ जना एसईईमा उत्कृष्ट अंक ल्याउने बिद्यार्थीलाई सम्मान गरीने छ ।



