तिलक पाैडेल
धर्तीका करिब आठ अर्व मानिसहरूको शरीरको बनौट कफ, पित्त र वात नामक त्रिद्वोषको संयोजनबाट बनेको हुन्छ । कसैका हातका चक्रहरू कसैका हातसँग नमिले जस्तै यी त्रिद्वेषको अनुपातिक संयोजन पनि फरक–फरक हुन्छ । महर्षि बाग्भटका अनुसार कफ असन्तुलित
भएमा २८ प्रकारका, पित्त बिग्रिएमा ४० प्रकारका र वातको गडबडीले ८० प्रकारका रोगहरू मानवीय शरीरमा लाग्ने हुन्छ । यसप्रकार सामान्यतया आयुर्वेदिक दृष्टिकोणमा प्रकृतितः १४८ प्रकारका रोगहरू हामीलाई लाग्न सक्छन् । वहाँद्वारा रचित “अष्टाङ्ग हृदयम्” को गहन अध्ययन गरी त्यसका खाटी व्यहोराहरूलाई स्वर्गीय राजीव दिक्षितज्यूबाट प्रकट गरिएका प्रवचनहरू, सद्गुरुका भनाइहरू, खप्तड स्वामीको स्वास्थ्य विज्ञान, डा. राजु अधिकारीको खाने कसरी, पिउने कसरी ?, डा. अजीत मेहताको स्वदेशी चिकित्सा सार, ॐ शान्ति, जिउनेकला, जीवन विज्ञान, मनोक्रान्ति, ॐ जप ध्यान, राधेराधे लगायतका कार्यक्रमहरूमा दर्शाउन मिलेका अवसरहरूको आर्जन अनि प्रातःस्मरणीय पिता तुलसीराम पौडेलज्यूले सङ्ग्रह गर्नुभएको हजुरबुवाको श्री वैदाङ्ग डायरी र वहाँको आयुर्वेदिक उपचारहरूबाट प्रभावित भई स्वस्थ जीवनयापनका लागि आफ्नै आनीबानी, खानपान, भोजनालय, आहारबिहार आदिमा सुधार गर्न सकिँदो रहेछ भन्ने केही अनुभव÷अनुभुतिहरू यहाँहरू समक्ष सेयर गर्ने सदासयले यो आलेख तयार पारेकोछु । यो मानेमा वहाँहरूप्रति प्रथमतः नतमस्तकतापुर्वक हार्दिक आभार प्रकट गर्दै दिवङ्गत आत्माहरूको बैकुण्ठवास हवोस् भन्ने कामना गर्दछु । विभिन्न विद्वान् अग्रजहरूले प्रकट गरेका प्रायःजसो व्यहोराहरूलाई मिसमास गरी नयाँ प्रयोगहरू पनि यहाँ प्रस्तुत भएकाछन्, जसप्रति यहाँहरूले स्वप्रयोग गरी प्राप्त सुझावहरूले थप परिमार्जन गर्न सक्नेछु भन्ने पुर्णाशा राखेकोछु ।
३. सुत्ने र उठ्ने तरिका :
निद्रा नै आराम हो भनिन्छ । निद्राका लागि निदाउन विस्तारा हुनुपर्छ, सुत्नु पर्दछ । तर, सद्गुरुका भनाइमा दौडेर थाकेका बेलामा बिसाइमार्नु पनि शरीरलाई आराम दिलाउनु हो; बोलेर थकित भएको बेलामा मौन बस्नु पनि आराम हो । रपनि, समग्र शरीरको थकानलाई मेटाउन निदाउनु अति उत्तम मानिन्छ । महर्षि बाग्भटले सूर्यास्तपछि सूर्याेदयसम्मको समयलाई पनि त्रिद्वोषमा विभक्त गर्नुहुँदै सूर्यास्तपछिको पहिलो ४ घण्टालाई कफप्रधान समयका रूपमा परिभाषा गर्नुभएको छ । यो समयमा हामी सुत्यौँ भने १ घण्टा सुते बराबर हाम्रो शरीरले २ घण्टा बराबरको आराम पाउँछ; त्यसैगरी दोस्रो ४ घण्टालाई पितप्रधान समय भन्दै सो समयमा सतेमा १ घण्टा सुत्दा १ घण्टा बराबरकै आराम शरीरले महसुस गर्दछ भने अन्तिम ४ घण्टा अर्थात् सूर्याेदय हुनुभन्दा पहिलेका ४ घण्टाको समय भनेको बातप्रधान समय हो र यो समयमा सुत्नु भनेको २ घण्टा सुतेबापत हाम्रो शरीरले १ घण्टा बराबरको आराम प्राप्त गर्दछ भन्नुभएको पाइन्छ । यो मानेमा सूर्यास्त पहिले नै सायमकालीन हलुका भोजन गरी २–३ घण्टापछि सुतिहाल्नु स्वास्थ्यका दृष्टिले अत्युत्तम मानिन्छ । अङ्ग्रेजीमा पनि भनाइ छ कि भ्बचथि तय द्यभम, भ्बचथि तय चष्कभ, ःबपभ तजभ षिभ ( जभबतिजथ बलम धष्कभ अर्थात् चाँडै सुतेर चाँडै उठ्नु भनेको जीवनलाई स्वस्थ र बुद्धिमान बनाउनु हो । हुनपनि हाम्रा पुर्खाहरू साँझ चाँडै सुतेर बिहानीपख ४ प्रहर रात छँदै किर्किटा, तीनतारे, सप्तर्षि, ध्रुवतारा आदिको हेका राखी समयको पारख गर्दै उठ्ने र नित्यकर्ममा संलग्न हुने गर्नुहुन्थ्यो र वहाँहरू वास्तवमा स्वस्थ पनि हुनुहुन्थ्यो ।
वास्तवमा सुत्न विस्तारामा गएपछि आफ्नो आस्था अनुकूलका परमात्माप्रति “लौ प्रभू ! आजको दिन सकुशल बिताएर अब हजुरको शरणमा सुत्न आएको छु । मैले सके सपार्ने, नसके नबिगार्ने शोचले काम गर्ने कोसिस गरेको थिएँ; तापनि कतै गल्ती भएको भए क्षमा चाहन्छु; अक्षम्य गल्ती भएको भए हजुरको निर्देशानुसारको सजाँयभागी हुन चाहन्छु; अन्यथा भोलिको दिन आजभन्दा थप सिर्जनशील, क्रियशील, सक्रिय, फलदायी, स्वस्थ एवम् मनचिन्ते हवोस् भन्ने चाहना राखेको छु; त्यसका लागि सम्पूर्ण अङ्गप्रत्याङ्गहरूलाई प्रेरित गरिदिनुहुन र वरिपरिको वारावरणलाई अभिप्रेरित गरिदिनुहुन हजुरको पाउमा सभक्ति बन्दना गर्दछु, अभिवादन टक्र्याउँछु, प्रार्थना गर्दछु, नमन गर्दछु, भक्ति गर्दछु” भन्दै
अचिन्त्य व्यक्त रूपाय, निर्गुणाय गुणात्मने,
समस्त जगताधार, मूर्तए ब्रह्मणे नमः ।
ब्रम्हा मुरारि स्त्रिपुरान्तकारी, भानुः शशि, भूमिसुतो बुधश्च ।
गुरुश्च शुक्रः शनि राहु केतवः, सर्वे ग्रहाः शान्तिकरा भवन्तु ।।
अहिल्या, तारा, कुन्ती, द्रौपदी, मन्दोदरी पञ्चमाकन्ये समरे नित्य महापतक नासिनी । (पिताजीबाट श्रुतिको आधारमा) श्लोक कल्पना गर्दै पैतालाहरूलाई श्वासको तालमा तलमाथि गर्ने र
त्र्याम्बकं यजामहे सुगन्धिं पुष्टिवर्धनम् ।
उर्वारुकमिव बन्धनान्मृत्योर्मुक्षीय मामृतात् ।। लाई ३ पटक र
अयम् मे हस्त भगवा नयंमे भगवत्तेर,
अयम् मे विश्व भेषजयंमे शिवाभिमर्सन ।
लाई ११ पटक स्मरण गरी हजुरकै शरणमा आराम गर्दैछु प्रभु ! मार्ने÷पाल्ने हजुरकै जिम्मा भनी परमपदमा शरणागत हुँदा मानसकि तनावले पनि विश्रान्ति पाएको महसुस हुनेछ – अनुभविएको प्रसङ्ग !
त्यसैगरी बिहानीपख बिउँझिएपछि पनि स्थूल शरीरलले विस्तारा छाड्ने मन नगर्न सक्छ । तसर्थ, ओढेको सिरकलाई पञ्छाई –
हे आलस्य तँ कप्टि झट्ट पर जा, लौ निस्की जा मुन्टी जा ।
ठ्याक्कै दिन्न म टिक्न यो शरीरमा, जो काट्नु काटिस् मजा ।।
मैले बल्ल बुझेँ तँलाई तँ बडो, लेध्रो रछस् दुर्जन ।
तैँले गर्नु गरिस् सबै बल हरिस्, सारा बिगारिस् मन ।।
भन्दै दुबै हातका औँलाहरू, हत्केलालाई तातो हुने गरी १११ पटक रगडी नखुलेका दुबै नेत्रहरूलाई ढाकी “लौ प्रभू ! सकुशल बिउँझाइदिनु भएकोमा हार्दिक आभार व्यक्त गर्दछु र प्रार्थना गर्दछु कि आजको दिन हजुरलाई समर्पण गर्दै कसैसँग नराम्रो बोल्न नपरोस्, नराम्रो सुन्न नपरोस्, नराम्रो भन्न नपरोस्, नराम्रो गर्न नपरोस् भन्ने चाहना राखेको छु साथै हिजोको दिनभन्दा आज थप सक्रिय, सिर्जनशील, फलदायी, स्वस्थ र मनचिन्ते बनोस् भन्ने चाहना राखेकोछु । सो पूरा गरिदिनुहुन सम्पूर्ण अङ्गप्रत्याङ्गहरूलाई प्रेरित गरिदिनुहुन, वरिपरिको वातावरणलाई अभिप्रेरित गरिदिँदै अनवरत आशीष प्रदान गरिदिनुहुन म हजुरको पाउँमा सभक्ति बन्दना गर्छु, नमन गर्छु, प्रार्थना गर्छु, अभिवादन गर्छु, भक्ति गर्छु” भन्दै हातलाई गाला मुसार्दै मुखमा हातको चुम्बन गरेर आँखा हेरी हत्केलालाई आँखासामु खोलेर –
कराग्रे वसते लक्ष्मीः करमध्ये सरस्वती ।
करमूले स्थित गोविन्द प्रभाते करदर्शनम् ।।
करमूले स्थितो ब्रम्हा प्रभाते करदर्शनम् ।।।
भनी ३–३ पटक हत्केला जोडी नमस्कार गर्नु आध्यात्मिक एकाग्रता एवम् शारीरिक चुस्तताका लागि उत्तम महसुस गरिएको छ ।
तदुपरान्त, दायाँ कोल्टो सुतेरै भएपनि वायाँ नाकको प्वालबाट श्वासप्रश्वास गराई चन्द्र नाडी सक्रिय गराएर उठी पहिले वायाँ पाउले भूइँ टेकी धर्तीमाताको दर्शन गरेर सीधा उठी सबै शरीरलाई श्वासको गतिमा तनक्क तन्काई श्वास रोकेर कतै पीडा महसुस गरेका अङ्गमा श्वास टिकाई विस्तारै श्वास छड्दै सबै पीडाहरूलाई कार्वनडाइअक्साइडसँगै बाहिरिएको सन्देश दिँदा शरीरले भरदिन ऊर्जावान् महसुस गर्दछ (यो विधि सयनयोग गर्नेहरूका लागि सुरुमै गरी दायाँ कोल्टो सुतेरै भएपनि वायाँ नाकको प्वालबाट श्वासप्रश्वास गराई चन्द्र नाडी सक्रिय गराएर उठी पहिले वायाँ पाउले भूइँ टेकी धर्तीमाताको दर्शन गर्न सकिन्छ) । त्यसपछि ताँवाको भाँडाको पानी भए नतताई अन्यथा शरीरको तापक्रम अनुकूलको पानी माथिका अनुच्छेदमा उल्लेख गरिएबमोजिम उषापानका रूपमा कम्तीमा २ गिलास पिउनु र सुताइबाट उठाइसम्मको क्रम टुङ्ग्याउनु स्वास्थ्य अनुकूल रहेको र अनुभव गरिएको प्रसङ्ग हो ।
…सके सपारौँ, नसके नबिगारौँ…
३हामीसबैकोकल्याणहवोस्३
क्रमशः…
(अध्ययन, अनुभव र अनुभुतिमा आधारित)


