तिलक पाैडेल
धर्तीका करिब आठ अर्व मानिसहरूको शरीरको बनौट कफ, पित्त र वात नामक त्रिद्वोषको संयोजनबाट बनेको हुन्छ । कसैका हातका चक्रहरू कसैका हातसँग नमिले जस्तै यी त्रिद्वेषको अनुपातिक संयोजन पनि फरक–फरक हुन्छ । महर्षि बाग्भटका अनुसार कफ असन्तुलित भएमा २८ प्रकारका, पित्त बिग्रिएमा ४० प्रकारका र वातको गडबडीले ८० प्रकारका रोगहरू मानवीय शरीरमा लाग्ने हुन्छ । यसप्रकार
सामान्यतया आयुर्वेदिक दृष्टिकोणमा प्रकृतितः १४८ प्रकारका रोगहरू हामीलाई लाग्न सक्छन् । वहाँद्वारा रचित “अष्टाङ्ग हृदयम्” को गहन अध्ययन गरी त्यसका खाटी व्यहोराहरूलाई स्वर्गीय राजीव दिक्षितज्यूबाट प्रकट गरिएका प्रवचनहरू, सद्गुरुका भनाइहरू, खप्तड स्वामीको स्वास्थ्य विज्ञान, डा. राजु अधिकारीको खाने कसरी, पिउने कसरी ?, डा. अजीत मेहताको स्वदेशी चिकित्सा सार, ॐ शान्ति, जिउनेकला, जीवन विज्ञान, मनोक्रान्ति, ॐ जप ध्यान, राधेराधे लगायतका कार्यक्रमहरूमा दर्शाउन मिलेका अवसरहरूको आर्जन अनि प्रातःस्मरणीय पिता तुलसीराम पौडेलज्यूले सङ्ग्रह गर्नुभएको हजुरबुवाको श्री वैदाङ्ग डायरी र वहाँको आयुर्वेदिक उपचारहरूबाट प्रभावित भई स्वस्थ जीवनयापनका लागि आफ्नै आनीबानी, खानपान, भोजनालय, आहारबिहार आदिमा सुधार गर्न सकिँदो रहेछ भन्ने केही अनुभव-अनुभुतिहरू यहाँहरू समक्ष सेयर गर्ने सदासयले यो आलेख तयार पारेकोछु । यो मानेमा वहाँहरूप्रति प्रथमतः नतमस्तकतापुर्वक हार्दिक आभार प्रकट गर्दै दिवङ्गत आत्माहरूको बैकुण्ठवास हवोस् भन्ने कामना गर्दछु । विभिन्न विद्वान् अग्रजहरूले प्रकट गरेका प्रायःजसो व्यहोराहरूलाई मिसमास गरी नयाँ प्रयोगहरू पनि यहाँ प्रस्तुत भएकाछन्, जसप्रति यहाँहरूले स्वप्रयोग गरी प्राप्त सुझावहरूले थप परिमार्जन गर्न सक्नेछु भन्ने पुर्णाशा राखेकोछु ।
२. खाना खाने तरिका :
वास्तवमा खाना भनेको जन्मसिद्ध÷जात महारोग – खञ्चुवा रोगको औषधि हो । – राजु अधिकारी । हामी जीवनको अन्तरालमा लाग्ने रोगहरूको सम्बन्धित चिकित्सकको परामर्शमा निदान गरी सिफारिस गरेको औषधिलाई बहुत इमान्दारिपूर्वक खाएर सो रोगबाट मुक्ति पाउँछौँ । हुनपनि मान्छे इमान्दार हुने भनेकै डाक्टरको अगाडि र औषधि सेवन गर्दा त हो । फिलाको उच्चारण गर्न नसक्नेले उपचारको क्रममा फिलामा सुई लगाउनुपर्ने भो भनेर डाक्टरले भने खुरुक्क सुरवाल÷पाइन्ट खोल्छन् । फेरि लोग्नेमान्छे भने प्रेम विवाहको प्रेमीको रूपमा अनि हजामका अगाडि पनि इमान्दार हुन्छन् भनिन्छ । एकपटक सुकेनाश रोगबाट पीडित बच्चा लिएर डाक्टरकहाँ गएकी युवतीको डाक्टरले स्तन परीक्षण गरेछन् र तपाइँको त दूधै आउँदो रहेनछ त ?! भन्दा “डाक्टरसाहेब ! यो बाबु त दाइ÷भाउजूको हो, मेरो त बिहे नै भा’छैन” भन्थिन् रे ! डाक्टरसाहेबका अगाडि इमान्दारिताको पराकाष्टा !!! जेहोस्, डाक्टर÷औषधिको अगाडि इमान्दाररूपमा प्रस्तुत हुने हामीहरू जन्मँदा बित्तिकै (करिब १५ मिनेटपछि नवजात शिशुले आमाको स्तनपानको खोजी गर्दछ रे !) सुरु भएको खञ्चुवा रोगको औषधि “खाना” मिलाएर खानुपर्ने हैन त ? तर हामीमा सबैभन्दा बढी हेलचक्र्याइँ छ भने – खानपान मै छ । तसर्थ, समयमा खानुपर्ने, मात्रा मिलाएर खानुपर्ने, अनुपान (खाना पहिला) र परपान (खानापछि) के पिउने बारेमा पूर्ण जानकारी जरुरी हुन्छ भन्ने जानकारी हुनु अत्यावश्यक देखिन्छ ।
भनिन्छ – सूर्य र हाम्रो जठराग्निको अनुक्रमानुपातिक सम्बन्ध हुन्छ अर्थात् सूर्यको प्रकाश हुँदासम्म हाम्रो जठराग्नि पनि बलिरहेको हुन्छ । महर्षि बागभटका अनुसार दिनलाई त्रिदोषमा विभाजन गर्दा सूर्याेदयपछिको ४ घण्टा कफप्रधान हुन्छ; त्यससमयमा जति र जे खान मन लाग्छ खाऊँ – पाचनशक्ति बलवान् हुन्छ । त्यसपछिको ४ घण्टा पित्तप्रधान हुन्छ; त्यससमयमा यथाशक्य सुपाच्य भोजन गर्ने गरौँ अनि दिनको उत्तरार्ध अर्थात् सूर्यास्त पहिलेका ४ घण्टा वातप्रधान हुन्छ; जुनबेला सूर्यसँगसँगै हाम्रो पेटको अग्नि पनि अस्ताउने हुँदा सकेसम्म बहुत हलुका फलफूल, सादा खाना सूर्यास्त हुन अगावै खानु राम्रो मानिन्छ; भन्नुहुन्छ – राजीव दीक्षित । तर हामीले भने बानी परिसकेकाले र पाश्चात्य जीवनशैली (जहाँ सूर्याेदयास्त देख्न नपाउने हुँदा खानाको अनुपानका रूपमा अल्कोहलिक रस – दारुपान गरेर जठराग्निका रूपमा पेट तताउनै पर्छ र बिजुलीको उज्ज्यालोमा मध्यरातमै भएपनि भोजन गरे भयो, लाई अन्धानुकरण गर्दा राती अबेरसम्म बसेर खँदिलो÷गरिष्ट खाना खाने गर्दछौँ; जुन हाम्रो लागि सर्वथा गलत हो । आयुर्वेदको हुलियासँगै भनिएकोछ –
अभुक्त्या बदरी पथ्यं, भुक्ता पथ्यंच कर्कटे ।
इक्षुदण्ड सदा पथ्यं, कदली न कदाचन ।।
अर्थात् हामीलाई भोजनपूर्व “एपिटाइजर”का रूपमा रक्सी हैन, बयर खानु उपयुक्त हुन्छ; भोजनपछि काँक्रो खाँदा तैलीय पदार्थाीद खाएपनि पछि डकार आउँदा काँक्राको आउने हुँदा मुटु पोल्ने भएन; उखु खाना पहिले, खाना खाँदै गर्दा र खान पछि जतिबेला खाएपनि पथ्य हुन्छ भने केरा खानाको अघि–पछि अथवा सँगै नखानु; खाना खाएको १–२ घण्टापछि खानु राम्रो हुन्छ । तर हामीले यी सबै चिज खाएपनि सात्म्य (आपसमा मिल्ने) र बैरोद्ध (आपसमा मिसिँदा विषतुल्य हुने) भोजनको ख्यालै नगरी खाएका हुन्छौँ; जसले हाम्रो खाना शरीररूपी वाहनको इन्धन बन्न सकिरहेको हुँदैन । जसरी बेट्री “ड्राइसेल” बाट बज्ने रेडियोमा बेट्री हालेर “अन” गरिदियो अर्थात् खोलिदियो भने “स्याँ…” आवाज आउँछ, जुनबेलामा पनि बेट्री खपत भैरहेको हुन्छ । तर यदि रेडियोको स्टेशन मिलाइदियो भने “यो रेडियो नेपाल हो …” सुन्न सकिन्छ; त्यतिखेर पनि बेट्री बढी खर्च भएको भने हुँदैन । त्यसैले हामीले पनि खाना खाइरहेकै छौँ अर्थात् बेट्री हालेर रेडियो खोलेकै छौँ; अलिकति मिलाएमा पञ्चतत्त्वको आपूर्ति राम्रो हुँदा शरीरिक सुसञ्चालन सहज र सरल ढङ्गले हुन्छ अर्थात् रेडियोबाट कार्यक्रम सुन्न सकिन्छ । तसर्थ हामीले खानाको समय तालिका र संयोजन मिलाउनु जरुरी हुन्छ ।
एउटा अनुभव गरिएको प्रसङ्ग ! पुष, माघको पाहारिलो घाममा बसेर पाकेर पहेँला भएका निउवा ल्याएर बोक्रा छोडाई केस्रा–केस्रा पारी नुन, खुर्सानी, मरहट्टी, बेसार, दही, चिनी मिसाएर औँलाको काप–कापबाट रस निस्कने गरी साँधेर खाँदा … हेर्नुहोस् त नखाएपनि सुन्दैखेरि हाम्रो मुख रसाइसक्यो । यसबाट हाम्रो कल्पना शक्ति – विचार कति बलवान् रहेछ भन्ने प्रमाणित भयो । अब समयमा तयार पारिएको खानालाई नबोलीकन मुखमा राख्ने र जे खाइँदै छ, त्यसैको तृणमूलतर्फको कल्पना गर्दै खायो भने हामीले खाएको खानाले हाम्रो शरीरलाई अति राम्रो ऊर्जाको काम गर्दछ । त्यसको विपरीत खाँदा गफिँदै खायो भने माथिका अनुच्छेदमा भनिएको “मुखमा खाना पर्दा बित्तिकैको शरीरिक सञ्चार” अबरुद्ध हुन्छ र बितलपरे पेट “डम्पिङ् साइट” जस्तो “स्काइभेञ्जर” ले नबिनेको फोहोर जस्तै बन्न जान्छ – हाम्रो पेट । तसर्थ खाना नबोलीकन खाएकै वस्तु जस्तै भात चपाउँदा धान काटेको, कुन्यु लगाएको, दाइँ हालेको, बिटा लगाएको, रोपाइँ गरेको, बीउ राखेको, बाउसे गरेको, धान सुकाएको, मीलमा लगेको, चामल थन्क्याएको, भात पकाएको … जस्ता हरेक चरणहरूलाई सोच्दै अन्ततः धर्तीमाताका कृपाले खाने, लाउने, बस्ने लगायतका सबै चिजको उत्पादन भएको महसुस गर्दै धर्तीमातालाई आभार प्रकट गरेर भात चपाउँदा अघि निउवा नखाएरै पनि ¥याल आएको थियो भने यसो गर्दा त भात पचाउने पाचनरस यथायोग्य मात्रामा प्राप्त हुँदा सुपाच्य बनी शरीरलाई इन्धनको आपूर्ति सही हिसाबले हुने भयो ।
अब एउटा खुल्दुली मनमा उब्जन्छ कि – हामी त अधिकाँश चिजहरू मिसाएर÷मुछेर खान्छौँ, छुट्टछुट्टै त खाँदैनौँ; अनि हाम्रा तन्तुले पाचनरस कसरी मिलाउँछन् होला ? हाम्रो भोजन जिब्रोमा छोइने बित्तिकै त्यसका स्वादपारख गर्ने तन्तुहरूले यो पिरो, अमिलो, गुलियो, तितो, चिल्लो आदि पहिचान गरी मस्तिष्कमा परिभाषा गर्न र सोही बमोजिम आमाशयका पाचनतन्तुहरूलाई आ–आफूलाई त्यो स्वाद पचाउन कति पाचनरस “हाइड्रोक्लोरिक एसिड” चाहिने हो, सो सहित चपाइसकेर निलेको भोजन आमाशयमा खस्दा मिलाएर राख्ने आदेश गर्न खबरको सञ्चार हुने हुँदा पिरो नै पनि थोरै–धेरै अनुसार पाचनरसको मात्रा पनि सोही बमोजिम नै व्यवस्था मिलाउने व्यवस्था स्वस्थ शरीरमा मिलाइएको हुन्छ र यसलाई निरन्तरता दिइयो भने “एसिडिटि”, “ग्यास्ट्रिक” लगायतका आमाशय सम्बन्धी रोगहरूले आक्रमण गर्न नसक्दा रहेछन् भन्ने पनि अनुभव गरिएको तथ्य हो ।
पञ्चमहाभूत – पृथ्वी, जल, वायु, तेज, आकाशबाट बनेको हाम्रो शरीरका पञ्च ज्ञानेन्द्रीय र पञ्च कर्मेन्द्रीको सुसञ्चालनका लागि पञ्च तत्त्व – कार्बाेहाइड्रेड, प्रोटिन, खनिज पदार्थ, बोसो÷चिल्लो पदार्थ, भिटमीन मिसिएको खाना खानु पर्दछ । अर्काे प्रसङ्ग “हामी प्रकृतितः मांसाहारी होइनौँ” किनभने –
तीक्ष्ण दन्त बक नखा, जिह्वाया जलपाइन ।
जन्मैते मिलिताक्षस्य प्राणीनो मांस भोजिन ।।
भनिएको छ । भन्नाले तीखा दाँत . दाह्रा, बाङ्गा नङ् . नङ्ग्रा भएका, जिब्रोले चाटेर पानी पिउने र जन्मँदा आँखा बन्द हुने प्राणीहरू मांसभोजी हुन् रे ! हाम्रा त दाह्रा हैन दाँत छन्, नङ्ग्रा हैन नङ् छन्, ओठ जोडेर जल पिउँछौँ अनि जन्मँदा बित्तिकै आँखा हेर्दछौँ भनेपछि हामी मासु पनि खाने प्राणीका रूपमा÷उभयहारी मानेपनि मांसाहारी नभएकोले पञ्चतत्त्व मिसिएको शाकाहारी भोजन गर्नु उत्तम मानिन्छ ।
खाना खाँदा सकारात्मक ऊर्जा प्राप्तिका लागि पूर्व फर्केर, भूइँमा सम्भवभएसम्म उड्किले आसनमा नभएपनि सुखासनमा बसेर खानुलाई राम्रो मानिन्छ । अचेल त पश्चिमा शैलीको अन्धानुकरणले डाइनिङ् टेबलमा वरिपरि कुर्चीमा बसेर खाने, भोज भतेरमा स्वेचछिक भोजन “बुफेट” विधिमा हातमा रिकापी लिइर उभिई–उभिई समसोचाइका “लाइकमाइन्डेड” सैंसाथीहरू बिच हँसिमजाक गर्दै खाने प्रचलनलाई आधुनिक, सभ्य, स्तरीयताको पगरी लगाई प्रतिष्ठाको विषय “स्टाटस सिम्बल” बनाउने गरिएकोछ । वास्तवमा उभिएर खाने त केबल पशुहरूले मात्र हो । बरु उग्राउने पशुहरूले बसेर उग्राउँने गर्दछन् – यदि ती पशुको स्वास्थ्य अवस्था ठीक छ भने ।
जेहोस्, खाना खाइसकेपछि पानी खान अनुपयुक्त भनिएपनि बिहानको भोजनपश्चात् यथासम्भव फलफूलको रस, दिवाकालीन भोजनपछि मोही र सायमकालीन भोजन गरेपछि दूधपान गर्नुलाई उपयुक्त मानिएको छ । भनिन्छ –
दिनान्त्ये च पिवेत् दुग्धम्, नीशान्त्ये च पिवेत् पय ।
भोजनान्त्ये पिवेत् तक्रम्, वैद्यस्य किं प्रयोजनम् ।।
अर्थात् दिन सकिएर रात परेपछि झोल वस्तु पिउनुपर्दा दूध पिउनु, रात बितेर बिहान भएपछि पहिला पानी पिउनु (माथिका अनुच्छेदमा भनिएजस्तै) अनि भोजन ग्रहण गरेपछि (खाना खाएपछि) मोही पिउने ग¥यौँ बने हामीलाई वैद्यको के काम ? तसर्थ खानापछि सम्भवभएसम्म त पूर्व अनुच्छेद बमोजिम बिहान, दिउसो र बेलुका क्रमशः फलफूलको रस, मोही र दूध पिउनु यदि सम्भव नभएमा भुटेको जीरा, जुवानु, बीरेनुन मिसाएको मोही पिउने गर्दा स्वास्थ्य अनुकूल हुन्छ भन्नुहुन्छ – राजीव दीक्षित !
…सके सपारौँ, नसके नबिगारौँ…
#हामीसबैकोकल्याणहवोस्#
क्रमशः…


