तिलक पाैडेल
धर्तीका करिब आठ अर्व मानिसहरूको शरीरको बनौट कफ, पित्त र वात नामक त्रिद्वोषको संयोजनबाट बनेको हुन्छ । कसैका हातका चक्रहरू कसैका हातसँग नमिले जस्तै यी त्रिद्वेषको अनुपातिक संयोजन पनि फरक–फरक हुन्छ । महर्षि बाग्भटका अनुसार कफ असन्तुलित
भएमा २८ प्रकारका, पित्त बिग्रिएमा ४० प्रकारका र वातको गडबडीले ८० प्रकारका रोगहरू मानवीय शरीरमा लाग्ने हुन्छ । यसप्रकार सामान्यतया आयुर्वेदिक दृष्टिकोणमा प्रकृतितः १४८ प्रकारका रोगहरू हामीलाई लाग्न सक्छन् । वहाँद्वारा रचित “अष्टाङ्ग हृदयम्” को गहन अध्ययन गरी त्यसका खाटी व्यहोराहरूलाई स्वर्गीय राजीव दिक्षितज्यूबाट प्रकट गरिएका प्रवचनहरू, सद्गुरुका भनाइहरू, खप्तड स्वामीको स्वास्थ्य विज्ञान, डा. राजु अधिकारीको खाने कसरी, पिउने कसरी ?, डा. अजीत मेहताको स्वदेशी चिकित्सा सार, प्रातःस्मरणीय पिता तुलसीराम पौडेलज्यूले सङ्ग्रह गर्नुभएको हजुरबुवाको श्री वैदाङ्ग डायरी र वहाँको आयुर्वेदिक उपचारहरूबाट प्रभावित भई स्वस्थ जीवनयापनका लागि आफ्नै आनीबानी, खानपान, भोजनालय, आहारबिहार आदिमा सुधार गर्न सकिँदो रहेछ भन्ने केही अनुभव-अनुभुतिहरू यहाँहरू समक्ष सेयर गर्ने सदासयले यो आलेख तयार पारेकोछु । यो मानेमा वहाँहरूप्रति प्रथमतः नतमस्तकतापुर्वक हार्दिक आभार प्रकट गर्दै दिवङ्गत आत्माहरूको बैकुण्ठवास हवोस् भन्ने कामना गर्दछु । विभिन्न विद्वान् अग्रजहरूले प्रकट गरेका प्रायःजसो व्यहोराहरूलाई मिसमास गरी नयाँ प्रयोगहरू पनि यहाँ प्रस्तुत भएकाछन्, जसप्रति यहाँहरूले स्वप्रयोग गरी प्राप्त सुझावहरूले थप परिमार्जन गर्न सक्नेछु भन्ने पुर्णाशा राखेकोछु ।
१. पानी पिउने तरिका
क) बिहान उठ्ने बित्तिकै पानी पिऊँ :
हामीले सायमकालीन भोजन जे खान्छौँ, बिहानको मुखमा पनि त्यस्तै “लेठ” लागेको हुन्छ । वास्तवमा हामीले खाने खाना त्रिअग्निबाट पाकेको हुन्छ । उदाहरणका लागि सूर्य अग्निबाट पाकेका फलफूलहरू हामी त्यत्तिकै खान्छौँ । त्यस्तै शौर्याग्निबाट पाकेका भएपनि खाद्यान्न (दलहन, तेलहन, अन्नादि) लाई स्थुल अग्नि (आगो) मा पकाएर खान्छौँ । प्रकृतिले यति राम्रो व्यवस्था मिलाएको छ कि ती दुवै अग्निबाट पाक पुग्नुपर्नेमा काँचो रहेमा पनि नजाति नहोस् भनेर अर्को अग्नि – जठर अग्नि (जठराग्नि) को व्यवस्ता मिलाएकोछ । यसैको परिणाम खाएका भोजनहरूको जठराग्निबाट निर्मित भष्मको स्वरूप मुखमा लेठ बस्ने हो । यो लेठ त्यही खाएको खानाको कुफत (कुपथ) को औषधि हो । यसलाई सफा गरेर बाहिर नफाली पानीको घुट्कीसँगै पेटमै पठाउनु अति राम्रो हुन्छ, प्रयोगसिद्ध व्यहोरा ! तसर्थ, बिहान उठ्ने बित्तिकै पानी पिउने गरौँ ।
ख) पानी पिउँदा बसेर (सके उड्किले आसन नसके सुखासनमा) पिऊँ :
पानी बसेर पिउँदा आमाशय र भोजननलीको सङ्गमको “भल्भ – स्पिङ्कटर” मा ठुलो धक्का पर्न पाउँदैन । परिणाम त्यो भल्भ धोल्लो हुन नपाउँदा आमाशयको अग्नि – जठराग्नि (ज्थमचयअजयिचष्अ ब्अष्म) भोजननलीतिर आउन नपाउँनाले मुटु पोल्न हुँदैन । यदि उठेर घट्घट पानी पियो भने पानीको ठाडो छहराको निरन्तरताले उक्त भल्भलाई “लुज” बनाइदिने हुनाले त्यहाँबाट अम्ल (ब्अष्म) भोजननलीतिर आउन थाल्नाले मुटुपोल्ने रोग लाग्दछ । तसर्थ, पानी पिउँदा सकेसम्म टुक्रुक्क बसेर – उड्किले आसनमा नत्र सुखासनमा बसेर पिउने गर्नु उपयुक्त हुन्छ । अझ केही अनुभवीहरूले त यसरी पानी पिउँदा “युरिक एसिड” समेत पखालिँदो रहेछ कि ! मेरा घुँडा दुखेर बस्नै नहुने भएकोमा बिहानै निख्लापेट (खालीपेट) मा पानी बसेर खान थालेपछि सञ्चो भयो समेत भन्नुभएको पाइन्छ ।
ग) पानी पिउँदा घुट्घुट गरेर अर्थात् चिया पिएजस्तै गरेर पिऊँ :
संरचनागत हिसाबले हाम्रो शरीरको पेटमा अम्ल (ज्थमचयअजयिचष्अ ब्अष्म) र मुखको ¥यालमा क्षार (ब्लतबअष्म) हुन्छ । यदि पानी घट्घट पियो भने मुखमा रहेको क्षारीय तत्त्व “¥याल” एकपटक मात्र पेटमा पुग्छ तर, घुट्कि–घुट्की गरेर पिउने र अझ पानी मुखमा हालेपछि एकछिन कुल–कुल गरेर अर्थात् चराचुरुङ्गीहरूले जस्तै मुखको ¥याल मिसाएर निलेमा पटक–पटकको पानीको घुट्कासँग क्षारीय तत्त्व पेटमा जाने हुँदा अम्लीयता बढेर ग्याष्ट्रिकजन्य रोगहरू लाग्न पाउँदैन । तसर्थ, पानी घट्घट एकैचोटि नपिऊँ; पानी पिउँदा घुट्घुट गरेर अर्थात् चिया पिएजस्तै गरेर पिउने गरौँ, राम्रो हुन्छ – अनुभविएको प्रसङ्ग !
घ) पानी धेरै चिसो वा धेरै तातो नपिऊँ :
पानी पिउँदा आफ्नो शरीरको तापक्रम अनुकुलको मनतातो पानी पिउने गरौँ । किनभने, हाम्रो पेटमा पहिलो काम भनेको हामीले त्यहाँ पठाएको अर्थात् निलेको वस्तुको तापक्रम मिलाउने हुन्छ । त्यही भएर हामीले मुख पोल्ने दुध, चिया आदिले पेट पोल्न पाउँदैन । चिस्यान यन्त्र – फ्रिजको चिसो पानी पियौँ भने यात पानीलाई तताउनु प¥यो, जसका लागि इन्धन खर्चिनु पर्ने भयो नत्र, पेटै चिस्याउनु प¥यो । त्यसो भयो भने पेट हुँदै हाम्रा सबै अङ्गहरू चिसा हुँदै जाने भए । यो भनेको सबै शरीर चिसो बन्नु हो, जुन भनेको “राम नाम सत्य” हो । त्यस्तै धेरै तातो पिउँदा पनि त्यसलाई शरीर अनुकुलको तापमान कायम गराउनु शरीरले अतिरिक्त शक्ति खर्चनु पर्ने हुन्छ । त्यसैले आफ्नो शरीरको तापमान अनुकुलको पानी पिउने गरौँ । रपनि तामाको भाँडामा राखिएको पानी भएमा मनतातो बनाइरहनु पर्दैन, चिसै पिए हुन्छ भन्नुहुन्छ राजीव दीक्षित, महर्षि बागभटको हुलिया दिँदै ।
ङ) खाना खाई सक्ने बित्तिकै पानी नपिऊँ :
यदि हामी स्वस्थ छौँ भने हामीले कुनैपनि खाना मुखमा हाल्ने बित्तिकै जिब्रोले स्वादको पारख गर्दछ र मस्तिष्कले परिभाषा गरी पेटका त्यही स्वाद पचाउने तन्तुलाई तयार हुन खबर गरिदिन्छ । अनि ती तन्तुले त्यस्तो स्वाद पचाउन चाहिने आगो बाल्दछन् अर्थात् ठीक्क मात्रामा पाचनरस “ज्थमचयअजयिचष्अ ब्अष्म” निकाली राख्छन् । भनिन्छ – जिब्रोमा हजारौँ स्वाद तन्तुहरू हुन्छन्, जहाँ एउटै तन्तुमा झण्डै ५०–१५० प्रकारको स्वाद पारख गर्ने कोषहरू हुन्छन् । त्यस्तै पेटमा सयौँ प्रकारका स्वाद पचाउन सक्न े“भिलस” (पेटभित्रका भुवादारी जस्तै) हुन्छन् रे ! यदि खाना खाने बित्तिकै पानी पियौँ भने त्यो पचाउन बलेको अग्निमा पानी पर्ने भो अर्थात् आगो निभ्ने भयो एकातर्फ भने अर्कोतर्फ आवश्यक मात्रामा निस्केको पाचनरस “ज्थमचयअजयिचष्अ ब्अष्म” पातलो हुने भयो । मानौँ १ गिलास चियालाई ठीक्क पारेको चिनी ३–४ गिलासमा प्रयोग गर्दा गुलियो स्वादै रहने भएन । यसबाट खाना राम्रोसँग पच्न नसक्दा अजीर्ण रोग उत्पन्न हुन जाने भयो ।
चाणक्य नीतिमा पनि भनिएको छ –
अजीर्णे भेषजम् वारी, जिर्णे वारी बलप्रदम् ।
भोजनम् चामृतं वारी, भोजनान्ते विष प्रदम् ।।
भावार्थमा अपच रोगका बेलामा समय–समयमा सफा पानी पिई राख्यौँ भने त्यो औषधि हो । खाना पच्ने÷पचाउने कार्य (खाना पेटमा पुगेपछि माथि भनिएझैँ पहिला तापक्रम मिलाई आवश्यक मात्रामा पाचनरस निकालेर सम्बन्धित तन्तुहरूले जिम्मा लिन्छन्, खाई सकेपछि सबै खाना पचाउन उपयुक्त मात्रामा पुगअपुग पाचनरस मिसाई सबै तन्तुहरू मिलेर पेल्दै लेदो “पेष्ट” बनाउने काम हुन्छ । यति कार्य सम्पादन हुनलाई कम्तीमा ४८ मिनेट लाग्दछ भन्छन् – महर्षी बागभट !) भएपछि पिएको पानीले लेदोलाई पातलो बनाई शोषणतन्तु “भिलस”लाई सोस्न सजिलो पारिदिन्छ । खानाको तत्त्व ठीक तरिकाले शोषिएपछि शरीरमा शक्ति प्राप्त हुने भएकाले खाना पचाउने कार्य (जीर्ण) पछिको पानीले बल प्रदान गर्छ । खानसँगै पिएको पानीले खानालाई पेटमा खस्न र सम्बन्धित तन्तुहरूको जिम्मा लगाउन सहयोग गर्दछ । यदि त्यसो नहुने हो भने मुखको ¥यालबाट मात्रै सुक्का “अट्टो” भएर गल लाग्ने वा आमाशयबाट सरोकारी तन्तुसम्म पुग्न अवरोध हुन सक्ने र यसो हुँदा मृत्युसम्म हुन सक्ने भएकाले भोजनसँगैको पानी अमृत सरह हो भने माथि उल्लेख गरिएबमोजिम भोजनको पछि पिएको पानीले सुपाचनको क्रमलाई बिथोल्ने हुँदा शरीरले पाउनुपर्ने शक्ति प्राप्त गर्न नसक्नु भनेको विष प्राप्त गरे सरह हुने भयो ।
कतिपय हामीलाई यो प्रक्रिया बारेमा जानकारी नहुँदा खानापछि पानी पिइरहेकाछौँ र त्यसैमा बानी परेकाले भोजन सुपाच्य हुँदाको अनुभवै हुन पाएका छैनौँ । मानौँ धुमपान नगर्नेहरूले “मीठो भोजनपछि गरिने धुमपानले पनि खासै फरक पार्दैन” भन्ने व्यहोराका अनुभवी नहुँदा कदाचित् खाएमा वाक्ने, घुमाउने हुन सक्दछ । यो व्यहोरा धुमपानीहरूलाई जानकारी नहुनु अनौठो रहेन ।
(अध्ययन, अनुभव र अनुभुतिमा आधारित)
…सके सपारौँ, नसके नबिगारौँ…
#हामीसबैकोकल्याणहवोस्#
क्रमशः…


