गोरखा । गोरखा सदरमुकामा आउदो असोज ४ र ५ गते गण्डकी प्रदेश स्तरीय न्यायिक भेला तथा प्रशिक्षण कार्यक्रम हुने भएको छ । गोरखा नगरपालिका न्यायिक समितिको आयोजनामा प्रदेश स्तरीय न्यायिक भेला तथा प्रशिक्षण हुन लागेको हो ।
कार्यक्रमका बारेमा जानकारी दिदै गोरखा नगरपालिकाकी उपमेयर मसली मायाँ थोकर पुनःले प्रदेशभरीका ८५ स्थानिय तहका न्यायिक समितिका पदाधिकारीहरु तथा न्यायिक समितिमा रहेर काम गर्ने कर्मचारी तथा प्रशिक्षकहरु गरी ३५० जनाको सहभागिता रहने बताए ।
कार्यक्रम बारे जानकारी दिने उद्वेश्यले आयोजना गरीएको पत्रकार सम्मेलनमा बोल्दै उपमेयर पुनःले भेलाबाट न्यायिक मञ्चको समेत गठन हुने जानकारी दिए । यो मञ्च गठन भएको खण्डमा देशैभर मध्ये गण्डकी प्रदेश पहिलो हुने पनि उनले पत्रकार सम्मेलनमा जानकारी दिए ।
न्यायिक नेतृत्वको विकास गराउने र न्यायिक अभ्यासलाई संस्थागत गराउने, मेलपिलापको माध्यामबाट विवाद समाधान गर्ने प्रक्रियालाई प्रोत्साहित गरी सामाजिक सौहाद्रतार सद्भाव कायम राख्ने उद्वेश्यले पनि पहिलो पटक गोरखामा भेलाको आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।
त्यसका साथै स्थानिय स्तरमा विवाद समाधान गर्ने परम्पराग संस्कृतिको विकास गर्ने, न्यायिक अधिकारको प्रयोगमा समावेशिताको मान्यतालाई मजबुद गर्न स्थानिय सकारको मूल्य र मान्यतालाई ब्यवहारमा उतारी संघीय शासन प्रणाली प्रति समुदायमा अपनत्वको भावना विकास गराउने उद्वेश्यले भेला र प्रशिक्षणको आयोजना गरीएको उपमेयर पुनःले बताए ।
कार्यक्रममा राष्ट्रिय स्तरका कानून विद, संविधान विद् लगायतबाट नेपालको संविधानको कार्यान्वयन, चुनौती र अवसर, न्यायिक समितिका सवालहरु, मुख्य न्यायधिवक्ताको कार्यालय गण्डकी प्रदेशबाट निर्मित न्यायिक कार्यविधीको मस्यौदा, न्याय सम्पादनमा चुनौती, जटिलता, अवसर लगायतका बिषयमा कार्यपत्र प्रस्तुत, छलफल र अन्तक्रिया हुने छ ।
कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्ने कार्यक्रम तय भएको पनि पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । सोही कार्यक्रममा प्रदेश सभा सदस्य, नगरपालिका संघ, गाउँपालिका महासंघका अध्यक्षहरुको उपस्थिती रहने पनि आयोजक गोरखा नगरपालिका, न्यायिक समितिले जानकारी दिएको छ ।
पत्रकार सम्मेलमा सहभागी भएका गोरखा नगरपालिका मेयर तथा कार्यक्रमका प्रमुख अतिथी कृण्णबहादुर थापा मगरले भेलाको सुरुवात गोरखाले गरेका कारण सुरुवात कर्ताको हैसियतले सधै गोरखा जिल्ला अगाडी हुने भन्दै यस्ता कार्यक्रमले यसै बर्ष नगरपालिकाले आयोजना गरेको भ्रमण बर्षलाई समेत टेवा पुग्ने विश्वास ब्यत्त गरे ।
यही कार्यक्रमका कारण ८५ वटा स्थानिय तहका मानिसहरुले गोरखा घुम्न आउने अवशर मिल्ने र गोरखाको प्रचार प्रशारमा समेत महत्वपूर्ण भूमिका खेल्ने भन्दै ईतिहासमा समेत नाम उल्लेख हुने बताए ।
कार्यक्रममा सम्पन्न गर्न १६ लाख ४३ हजार खर्च हुने अनुमान गरिएको छ । अनुमानित खर्च मध्ये १० लाख ४३ हजार गोरखा नगरपालिका, ४ लाख मुख्या न्याधिबक्ताको कार्यालय पोखरा र २ लाख मुख्य मन्त्रीको कार्यालय पोखराबाट प्राप्त हुने पत्रकार सम्मेलनमा उपमेयर पुनःले जानकारी दिए ।
कार्यक्रममा गोरखा उद्योग बाणिज्य संघका अध्यक्ष कृण्णकुमार श्रेष्ठ, चेम्बर अफ कर्मश गोरखाका बरिष्ठ उपाध्यक्ष रामस्वरुप श्रेष्ठ, होटल ब्यवसायी संघ गोरखाका अध्यक्ष केशव कुवर समेतको पत्रकार सम्मेलनमा उपस्थिती रहेको थियो ।



