×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गोरखाको बक्रेश्वर मन्दिर : धार्मिक आस्थाको केन्द्र बन्दै

  •  गोरखा समाचार
  • बुधबार, भदौ १९, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । सहिद लखन गाउँपालिका–२, मनकामनामा रहेको बक्रेश्वर मन्दिर धार्मिक आस्थाको केन्द्रको रुपमा विकास हुँदै गएको छ । बोल्न नसक्ने बालबालिकालाई मन्दिरको दर्शन तथा पुजापाठ गराए बोल्छन् भन्ने धार्मिक विश्वास रहँदै आएकाले पछिल्लो समय बक्रेश्वर मन्दिर भक्तजनको रोजाइमा पर्न थालेको हो ।

    ‘‘वाक्य नफुटेका धेरै बालबालिकालाई धेरैजसो अभिभावकले यहाँ ल्याउने गर्दछन्, मन्दिरका पुजारी फडिन्द्रबहादुर लामिछाने (क्षेत्री)ले भने, ‘‘यहाँ ल्याएर दर्शन एवं पुजापाठ गराएपछि धेरै बालबालिकाको बोली फुट्ने गरेको छ, यहाँको मुख्य धार्मिक विश्वास पनि यही नै हो ।’’

    बोल्न नसक्ने बालबालिकाको बोली फुट्ने धार्मिक विश्वासका कारण बक्रेश्वर मन्दिरमा भारतबाट समेत भक्तजनहरु आउने गरेको उनको भनाई छ । बक्रेश्वरीस्थित घना जंगलको बीचमा रहेको उक्त मन्दिरको दर्शन गराएपछि २५ बर्षको उमेरसम्म बोली फुटेको पाइएको पुजारी लामिछानेले बताए ।

    बक्रेश्वर मन्दिर प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरको माथिल्लो भागमा रहेको बक्रेश्वर जंगलमा पर्दछ । त्यसवाहेक पढाइमा कमजोर भएका, सन्तान नभएकाहरु पनि बक्रेश्वरी मन्दिरको भाकल गरेर पुजा गर्न पुग्ने गर्दछन् ।

    ‘‘बक्रेश्वर मन्दिरमा धेरैजसो भक्तजनहरु बाक्य माग्न नै आउने गर्दछन्, उनले भने, ‘‘अहिलेसम्म बोली नफुटेर यहाँ आएर बक्रेश्वर देवताको पुजाअर्चना गरेपछि नबोल्ने बच्चाहरु समेत बोल्ने गरेका छन् ।’’ बक्रेश्वर मन्दिरमा भाकल गरेकाले आफ्नो भाकल पुरा गर्न बक्रेश्वर महादेवलाई वेलपत्र, गाईको दुध, जनै, सुपारी, पहेलो कपडा, शंख, घण्ट, रुद्राक्षको माला चढाउने गर्दछन् । मन्दिरमा पन्चवली समेत चढ्ने पुजारी लामिछानेको भनाई छ ।

    ‘‘यो मन्दिरमा हाँस, कुुखुरा, भेडा, राँगो, बोकाको वली लाग्छ, उनले भने, ‘‘मन्दिरमा हरेक दिन विहान नित्य पुजा हुन्छ भने बेलुकी धुपबत्ती गर्ने प्रचलन रहदै आएको छ ।’’ मन्दिरमा शिवरात्री र तीज पर्वका दिन भने विशेष मेला लाग्ने गर्दछ भने साउनको सोमबार पनि बिशेष पुजा लाग्ने गर्दछ ।

    स्वस्थानी ब्रतकथामा स्वामी महादेवले सत्यदेवीको मृत शरिर बोकेर हिँड्दै जाँदा बक्रेश्वरी जंगलमा सतिदेवीको जिव्रो पतन भएको र सोही ठाउँमा बक्रेश्वर महादेवको उत्पत्ति भएको उल्लेख गरिएको पाइन्छ ।

    मनकामना क्षेत्र विकास समितिले बक्रेश्वरी मन्दिर संरचना निर्माणका सहयोग गरेपनि स्थानीय सरकारले ध्यान नदिएको मन्दिरका पुजारी लामिछानेल बताए । मन्दिरसम्म पुग्नका लागि सडकबाटोको स्तरोन्नती तथा गोरेटो बाटो निर्माणका लागि स्थानीय सरकारले ध्यानदिनुपर्नेमा स्थानीयबासीहरुले माग गरेका छन् ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    बुधबार, भदौ १९, २०८१ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.