तिलक पाैडेल
धरानलाई हर्क साम्पाङ्, बालेनले काठ्माण्डु; धनगढीलाई गोपालले, हेरे बरिलै ।
दल्का नेता लागे मात्रै, विकास गर्न सकिन्छ; भन्ने सूत्र यि तिन्टाले, फेरे बरिलै ।।
राजनीतिकै भएपनि, दल्को नाम स्वतन्त्र; राखी विकास् गर्न रवि, बढे बरिलै ।
दल्ले भन्दा अलि फरक्, पारदर्शी बनेर; थोर् बहुत रहर् पूरा, गरे बरिलै ।।
विवेकले ठीक् देखे’नि, दल्को हुइप् लाग्नाले; कतिपय दल्का युवा, रल्ल बरिलै ।
आफू जस्तै स्वतन्त्रले, राम्रो गर्या देखेर; जनबोली बोल्न थाले, बल्ल बरिलै ।।
मोति जस्ता पसिना, खाडी मुलुक् पोखेर; के काम् छ र खस्न नपाई, सुक्छ बरिलै ।
बाउ-आमा र छोरा-छोरी, टुहुरा झैँ छोडेर; प्रदेश् गा’को दृश्यले मन्, दुख्छ बरिलै ।।
जे भने’नि भाषणमा, जे गरे’नि घरमा; सदनमा सिर्जनशील, बोल बरिलै ।
विदेश् गा’का नौजवान्लाई, देश् विकास्मा लगाउ्न; ठाउ्ँ-ठाउ्ँमा उद्योग धन्दा, खोल बरिलै ॥
सक्ने जति सपार है, बिगार कत्ति नगर; नजानेमा सिक मिली, कुरा बरिलै ।
देश् विकास्को सपना, ठ्याक्कै बनाऊ विपना; थालेका काम् गराऊ सबै, पूरा बरिलै ॥
लुम्बिनी र सगर्माथा, एक्लै भए चिनाउ्ने; नेपालीको शुर् वीरता, देखाऊ् बरिलै ।
एक्दिन् मरी जानी नै हो, जाँदा के नै लानी हो; इतिहास्मा सुनौलो नाम्, लेखाऊ बरिलै ॥
२०८१ भाद्र ४ गते मङ्गलबार
कीर्तिपुर-२, मध्यनगर, काठमाडौँ ।



