×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

हल्लैहल्ला माझ टिप्नु छ सही सूचना

  •  गोरखा समाचार
  • सोमबार, जेठ १४, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    रामकृष्ण रेग्मी

    काठमाडौं । गणतान्त्रिक युगले पाएको नेपाली आमसञ्चार माध्यमको चित्र हेर्दा गतिशील लाग्छ, परिवेश अलि पेचिलो देखिन्छ र चुनाती गम्भीर छ । तिनै आयामका माझ मिडिया उक्सिएको र प्रेस खुम्चिएको परिदृश्य मार्मिक छ । यससम्बन्धी विवेचनाले गहन शोध खोज्छ, सङ्क्षेप आलेखमा त्यो सम्भव छैन । यसैले यहाँ अवलोकन तथा अनुभवका आधारमा तिनको सरल रेखाङ्कन प्रस्तुत गर्ने प्रयास छ ।

    चित्र

    आमसञ्चार माध्यमले देशमा आएको परिवर्तनलाई अर्थपूर्ण पार्न, सम्बद्ध सूचना जनसमक्ष पु¥याउन र सर्वसाधारणलाई तदनुरुप व्यवहार गर्नका लागि उत्प्रेरणा भाव जगाउन निर्वाह गरेको भूमिका उल्लेखनीय छ । गणतान्त्रिक अभ्यासलाई अघि बढाउन होस् वा भूकम्पको प्रकोप बेहोर्न आवश्यक पर्ने दृढता कायम गर्न होस् वा कोभिडको महामारीलाई साहसिकरुपमा सामना गर्न सचेत रहनुपर्ने अनिवार्यतालाई सहजीकरण गर्न होस् माध्यमले योगदान दिएको स्पष्ट छ । देशमा भएका बृहत् दुई निर्वाचन शृङ्खलामा जनसहभागिता प्रवद्र्धनका लागि तिनको सूचना प्रवाहको क्रमलाई नियमित तथा निरन्तर तुल्याउन प्रस्फुटित माध्यमीय जागरण, विवेक तथा लगनशीलता पनि निकै महत्वपूर्ण छन् ।

    उपरोक्त चारै सन्दर्भलाई आधार गरेर नेपाली आमसञ्चारमाध्यमलाई अवलोकन गर्दा सञ्चारीय सक्षमता, समाचारीय परिपक्वता तथा वैचारिक विविधता छर्लङ हुन्छ । पत्रकारिताले समाजका लागि दिनुपर्ने योगदानलाई महसुस गरेको अनुभव जानिफकारहरुले गरेको पनि पाइन्छ । ती बेला सूचना प्र्रवाहलाई जिम्मेवारीसाथ कायम राख्न सहज थिएन, अन्योल, अस्तव्यस्तता थियो, बानी बसेको थिएन र दिशा पनि स्पष्ट थिएन । पत्रकारिताभित्रको मूल्य, मान्यता र सेवाभावले मात्र जाँगर, अठोट तथा गतिशीलतामा ऊर्जा थपेको हो ।

    त्यस्तै प्राथमिकताका साथ पत्रकारिता सुशासन, सामाजिक परिवर्तन, विकासक्रम, लैंगिक समानता तथा समावेशी फाँटतिर पनि क्रियाशील भएको भए अहिले यो देशको अनुहार सकारात्मक रुपमा अर्कै हुन्थ्यो भन्ने विज्ञहरुको भनाइ नसुनिएको होइन । राजनीतिक स्थिरता नभइदिँदा त्यसो हुन सकेन, प्रजातान्त्रिक संस्थाहरु सबल हुन पाएनन्, अर्थतन्त्रलाई दिगो गति लिन सकस भयो, विकासक्रम अपेक्षित स्तरमा अघि बढ्न अनेक आयामीय अप्ठेरो प¥यो । अनि त्यसको मार सञ्चार जगत, पत्रकारिता क्षेत्रमा पनि पर्न गयो जसले गर्दा सामाजिक परिवर्तनका मूल मुद्दा किनारामा पर्न गए ।

    परिवेश

    गणतन्त्रका झण्डै दुई दशकमा आमसञ्चार माध्यमको परिवेश विविध दृष्टिकोणले परिवर्तन हुन पुगेको यथार्थ सर्वविदित छ । प्रविधिप्रेरित परिवर्तनले सूचना प्रवाहको शैलीदेखि लिएर माध्यमीय स्तरमा पनि आमूल उथलपुथल आएको देखिन्छ । विज्ञका अनुसार इण्टरनेट, मोबाइल फोन र सोसल मिडियाको प्रभावले आमसञ्चार माध्यमको प्रयोग, त्यसको आवश्यकता, औचित्य र महत्व छायामा परेको अनुभव हुन्छ । समाचारकक्ष, यसका मूल्य मान्यता, कार्यशैली, डेडलाइन, स्कुप, गेटकिपिङ, समाचार चक्र सबै तीबाट प्रत्यक्ष रुपमा प्रभावित हुन पुगेका छन् ।

    एक अर्थमा समाचार प्रवाहमा तीन धार देखापरेका छन्ः पत्रकारिताका विधिअनुरुप तयार पारिएका सामग्री, नागरिकको अभिव्यक्ति स्वतन्त्रताअनुरुप पोस्टिङ हुने भाव वा सूचना तथा सकारात्मक वा नकारात्मक खास स्वार्थ पूर्तिका लागि सिर्जना गरिएका प्रस्तुतिहरु । यिनमा कुनलाई पत्याउनु कुनलाई नपत्याउनु सर्वसाधारण प्रायः अलमलमा छन्, नीति निर्णायकहरु पनि धरमरमा देखिन्छन्, योजनाकारहरु र नेतृत्व पङ्क्तिकालाई दिशा पहिल्याउन हम्मेहम्मे परेको स्पष्ट हुन्छ । पत्रकारिताले विद्यमान परिस्थितिमा हल्ला, कुसूचना वा मिथ्या सूचनाका माझ सही सूचना पहिल्याएर सञ्चार गर्नुपर्ने आवश्यकता छ, तथ्य सत्य परीक्षणको थप चरण थपिएको छ ।

    मिथ्या सूचनाको जञ्जाल छिचल्न त्यति सहज छैन । विज्ञका अनुसार यस भित्रका अनेक आयामीय गलत जानकारी, भ्रामक विषयवस्तु, दुष्प्रचार, छलपूर्ण संयोजन, जालसाजीपूर्ण कोण, तोडमोड, कपटपूर्ण मोडाइ, छल आदिलाई सूचना प्रवाह क्रममा पहिल्याउन विशेष पहल पत्रकारिता क्षेत्रबाट हुनुपर्ने आजको आवश्यकता हो । सञ्चारविद्हरुले त पत्रकारले मात्र मिथ्या सूचनालाई समालेर पुग्दैन, सूचना प्रयोक्ताहरु वा माध्यम उपभोग गर्नेहरु पनि आफूले प्राप्त गरेको सूचना सही गलत के हो भन्ने विषयमा सचेत रहन जरुरी छ भन्ने स्पष्ट पारेका छन् । माध्यम साक्षर हुनु पर्ने कुरामा तिनले बारम्बार जोड दिएको पाइन्छ ।

    चुनौती

    शताब्दीभन्दा बढी समयदेखि समाचारको पहिलो स्रोत भइरहेको छापालाई, कैयौं दशकदेखि महत्वपूर्ण वैकल्पिक ्िरोत भइरहेका रेडियो र टेलिभिजनलाई सोसल मिडियाले प्रस्तुत गरेको प्रतिस्पर्धालाई कसरी समालेर अघि बढ्ने भन्ने हांक चानचुने छैन । माध्यम नरहँदा पठनशीलता, श्रवणशीलता तथा दर्शनशीलताले उघारेको सभ्यता नै हराउने भय पनि नभएको होइन । त्यसको ठाउँ मनोरञ्जनशीलतामा रमाउने माध्यमले कसरी परिपूर्ति गर्ने हो, अनि राष्ट्रका, जनजीवनका गम्भीर विषयवस्तुलाई मनोरञ्जनात्मक शैलीबाट निरन्तर पेश गरिरहन कति सम्भव होला, ती आफैँमा प्रश्न भएर रहेका छन् । यसको जबाफ सहज छैन, अहिलेसम्म आएको छैन, बहस कायम नै छ ।

    यान्त्रिक बुद्धिले वा आर्टिफिसियल इण्टेलिजेन्स (एआई)ले मानवीय भाव, मनोगत उत्पादनशीलता, अनुभूति, मानवीय सिर्जनालाई, सिर्जनात्मकतालाई विकल्प दिएर अत्याइरहेछ । एआईले बनाएका सामग्रीबाट पत्रकारको प्रस्तुति प्रत्यक्ष चुनौतीमा छ, यस स्थितिलाई बेहोर्ने कसरी ? नेपाली आमसञ्चारमाध्यमका लागि अर्काे एउटा उकालो छ ।

    टेक्स्ट, चित्र, बोली आदिलाई मिसाएर वा अलग पारेर वा गाँसेर अनेक प्रभाव सिर्जना गर्न सक्ने बहुमिडिया वा मल्टिमिडियाका अनेक सम्भावनाले आमसंचार जगतलाई बेग्लै ढङ्गमा विकसित गर्नेक्रम सुरु भइसकेको यथार्थलाई पनि माध्यमले बिर्सन मिल्दैन । त्यो क्रमलाई माध्यमीय सञ्चारमा कसरी समावेश गरी अघि बढ्ने भन्ने दिशातिर लाग्दा राम्रो हुने एक अभ्यासीको ठम्याइ हो । आमसञ्चार माध्यमलाई सघाउने समाचार संस्थाहरुले पनि यसै दिशातिर आफूलाई मोड्नुपर्ने अनिवार्यता छ ।

    पाठक, स्रोता, द्रष्टा र प्रयोगकर्ता सबै आमसञ्चार माध्यमबाट अन्यत्र सर्दा गुमेको बजार र विज्ञापनको स्थानमा के ल्याउने, कस्तो आयको नमुना पछ्याउने ? अन्यत्रझै यहाँ पनि अलमल छ । युगको मागअनुरुप नचल्दा नहुने, त्यसो गर्न अहिलेसम्मका माध्यमीय परिवेश, संस्था, ढाँचा र स्तम्भ सबैमा परिवर्तन ल्याउनु पर्ने आवश्यकता छ ।

    आमसञ्चार माध्यमको अस्तित्व नै सङ्कटमा पर्ने हो कि जस्तो अनुभव पत्रकारलाई परिसकेको छ । प्रविधिप्रेरित परिवर्तन वा डिजिटल प्रणालीले खोजेको कोणतिर नलाग्दा माध्यमीय सन्देशलाई लिनेको सङ्ख्या न्यून हुने स्पष्ट छ । माध्यमीय सञ्चारमा अबको बाटो के त ? शुरुमा चर्चित गर्व गर्न मिल्ने चित्रको आडमा परिवर्तित परिवेशलाई बुझेर विद्यमान र आइलाग्ने अरु हाँकलाई बेहोर्न सकारात्मक र सचेत भूमिका निर्वाह गर्न मल्टिमिडियाले दिएका सबै अवसरलाई प्रयोग गर्न पछि पर्न हुन्न । त्यस यात्रामा पत्रकारिताका मूल मर्म र मान्यतालाई मध्य नजरमा राख्दै सन्देशका आंधीमाझ, हल्लाबीच सत्य उपयोगी सन्देश झिकेर सरल, स्पष्ट, सङ्क्षेप, ग्रहणीयरुपमा प्रस्तुत गर्न क्रमलाई दिगो पार्दा नेपाली माध्यम युगसँगै अघि बढ्नसक्ने बाटो खुल्दै जान्छ ।

    (लेखक आमञ्चारविज्ञ तथा प्राध्यापक हुनुहुन्छ)

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    सोमबार, जेठ १४, २०८१ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.