×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १९ घण्टा अघि

आज कुशे औँसी
  • २३ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २३ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २३ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २३ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

‘भड्किलो बन्दै तीज, संस्कृति जोगाउनभन्दा भोज र मोजमा फजुल खर्च’

  •  गोरखा समाचार
  • सोमबार, असोज ०१, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    दीपक श्रेष्ठ

    गोरखा । हिन्दु नेपाली महिलाहरुको महानपर्व हरितालिका तीज हरेक बर्ष भाद्र शुक्लपक्षको तृतीया तिथिका दिन मनाउने गरिन्छ । तिजको अघिल्लो रातमा मिठा–मिठा र आडिलो परिकार खाएर भोलीपल्ट दिनभर निराहार ब्रतबसी भगवान शिवजीको पूजाआरधना गर्दै दिदीबहिनीहरुसंग मिलेर रमाइलोसंग नाँचगान गर्ने र एकअर्काको दुःख, वेदना साटासाट गर्दै मनका वह पोख्ने पर्वको रुपमा तीज पर्वलाई लिने गरिन्छ ।

    विहे गरेका छोरीचेली बर्षभरी माइत जान नपाएपनि तीजमा दाजुभाई लिन जाने र माइतमा गएर घरको दुःखसुःख गीत भाकामा पोख्ने पनि पर्व पनि हो तीज पर्व । त्यसदिन टोलका सार्वजनिक मठमन्दिर, चौर तथा चोकहरुमा भेला भएर महिला दिदीबहिनीहरुले गर्ने नाँचगान सहितको खुशीयालीको रौनक नै बेग्लै हुन्छ ।

    तिजपर्वको आफ्नै मौलिकता, विशेषता सहितको महत्व छ । विवाहित महिलाहरु माइतमा आउने दर खाने, आफ्ना श्रीमानको दिर्घायु र सुस्वास्थ्यका लागि व्रतबस्ने तथा अविवाहित महिलाहरुले सुयोग्य वर पाउँ भनी व्रत बस्ने प्रचलन पनि तीज पर्वको अर्को धार्मिक तथा सांस्कृतिक पक्ष हो ।

    तर पछिल्लो समय तीज पर्व मनाउने शैली फेरिदा यसले परम्परा र संस्कृति जोगाउने भन्दापनि विकृति, विसंगतीलाई प्रोत्साहन दिन थालेको भन्दै आलोचना हुने गरेको छ । घरमा मिठामिठा परिकार बनाएर दर खानुको रौनक नै बेग्लै हुन्थ्यो ।

    तीजको अघिल्लो दिन अर्थात् द्वितीयाको राति मध्यरातको १२ बजेसम्म दुधबाट बनाइएका परिकारहरु वा शुद्ध खाद्यपदार्थ मानिने अन्य बस्तुबाट बनाइएका परिकारहरु खिर, काँक्रा, सेल रोटी, अँचार, अनादीको पुवा, तामाको अँचार लगायतका परिकारहरु खाने प्रचलन रहेको छ । अघिल्लो पुस्ताले यसरी दर खाने गरेको भएपनि अहिले भने दरखाने दिनको कुनै टुङ्गो छैन ।

    ‘तीज सुरु हुनुभन्दा एक महिना अगाडी नै टोलटोलमा भेला हुने र तडकभडक गरी भोजभतेर गर्ने परम्परा अहिले विकास हुदै गएको छ, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) की केन्द्रीय सदस्य शोभा लामिछानेले भन्नुभयो, ‘यसले तीजमा बास्तविक दरखाने दिनको विशेष महत्व नै घटाइदिएको छ ।’ तीज सुरु हुनुभन्दा महिनौ अघिदेखि नै पार्टी प्यालेस र होटलहरुमा जम्मा भएर दर खाने प्रचलनले तीज पर्वको परम्परा र संस्कृतिलाई नै गिज्याई रहेको उहाँ बताउनुहुन्छ ।

    ‘सामान्य होटलमा सयजना जति जम्मा भएर सामान्य खालको दर खाने कार्यक्रमको आयोजना गर्दा पनि दुई तीन लाख रुपैयाभन्दाबढी खर्च हुने अवस्था आइसक्यो, लामिछानेले भन्नुभयो, ‘अचेल त महिला संगठनहरुलाई समेत कार्यक्रम नगर्दा पनि आलोचना हुने र गर्दा पनि धान्न नसक्ने अबस्था तीजमा पर्व पुगिसकेको छ ।’ यसले समाजमा फजुल खर्च बढाएको उहाँको भनाई छ ।

    महिला समुहले गर्ने यस्ता कार्यक्रमहरुलाई फरक ढंगबाट अघि बढाउन सकिएन भने तीज पर्वको रौनक र महत्व पनि घट्दै जाने लामिछानेले वताउनुभयो । पछिल्लो समय तीजमा महिलाहरुको फेसन देखाउने पर्व जस्तो बन्न थालेको पनि अधिकांसको गुनासो रहेको पाइन्छ ।

    तीजका लागि महंगा गरगहना, लुगाकपडा खरिद गर्ने र फेसनको रुपमा देखाउने परिपाटीले हुनेखानेका लागि सजिलै भएपनि नहुनेहरु समेत ऋण नै खोजेर पनि देखाउनुपर्ने प्रवृति बढ्दै जानुले यसले बिृकत पक्षलाई बढवा दिदै लगेको गोरखा नगरपालिकाकी नगरप्रमुख मसलीमाया थोकर (सपना पुन) बताउनुहुन्छ ।

    ‘पहिले मनाउने तीज र अहिले मनाउने तिज पर्व धार्मिक तथा सांस्कृतिक हिसावले पनि धेरै फरक हुनथाल्यो, उहाँले भन्नुभयो, ‘तीज आउन महिना दिन बाँकी छदैँ होटल र रेष्टुरेन्टमा दर खाँदै मनाउने तिजले हाम्रो परम्परागत पहिचान र संस्कृति बोकेको तीज पर्वको महत्व जोगाउनै सक्दैन ।’ दर बर्षमा एकपटक अघिल्लो रात खाने प्रचलन रहेपनि आजभोली महिनाभरी नै दरखाने संस्कारको विकास हुँदै जानुले दरखाने दिनको महत्व समेत हुन छोडेको उहाँको भनाई छ ।

    ‘भाद्र शुक्ल द्धितीयादेखि दर खाएर भाद्र शुक्ल पन्चमीसम्मको दिन ब्रत नसेलाएसम्म मात्र तीज पर्व मनाइने गरिन्थ्यो, उपमेयर पुनले भन्नुभयो, ‘आजभोली त एकमहिना अगाडीबाट तीज मनाउने भन्दै दरखान प्रतिस्पर्धा, राम्रो लगाउने प्रतिस्पर्धा हुनुले यसले संस्कृतिको संरक्षण गर्दैन बरु उल्टै भड्किलो बन्दै जान्छ ।’ होटल र पाटी प्यालेसमा गरिने एकजनाको एक दिनको दरखाने खर्चले सिङगो परिवारमा दर खान पुग्ने भएकाले यसले फजुल खर्च बढाएको उहाँको तर्क छ ।

    तिजको दर खानका लागि ठूला ठूला होटल तथा पार्टी प्यालेसहरुमा रोजाईमा पर्नुले पनि तीज पर्व झनै महंगो बन्दै गएको छ । पहिला जस्तो दुध, दही महि, ध्यू फलफलु माछामासुले मात्रै हुदैन हिजोआजको दरमा महंगा रक्सी, वाइन पनि अनिवार्य जस्तो बनेको छ । यसले पर्व मनाउने वाहानामा समाजलाई गलत दिशातर्फ अघि बढाएको छ ।

    दुःखहरुलाई गीतका माध्यमबाट राख्ने र नाच्दै गाँउदै सुखर खुशी भएको अनुभूति गरिने भएकाले पनि तीजको महत्व उल्लेखनीय रहेको पाइन्छ । धार्मिक परम्पराअनुसार आफ्ना पतिको सुस्वास्थ्य तथा दीर्घायुको कामनाका लागि ब्रत बस्ने प्रचलनले गर्दा तिजको महत्व उत्तिकै छ ।

    तीज पर्वलाई लक्षित गरेर बजारमा ल्याइएका गीतहरुले समेत पछिल्लो सयम तडकभडकलाई प्रोत्साहित गर्ने गरेको छ । ‘यो चाडमा सभ्य रुपमा मौलिक लोकभाकाहरुमा परम्परादेखि मादल, बासुरीको तालमा नाँच्दै गाउँदै आपm्ना पिर, व्यथा भुल्ने रमाउने गरिन्थ्यो, गोरखा नगरपालिका–७ की ७३ बर्षकी खिमकुमारी गुरुङले भन्नुभयो,‘आजभोली त गीत पनि कस्तो कस्तो हो खै परिवारसंगै बसेर सुन्न हेर्न पनि लाज लाग्ने खालका ।’

    तीजमा लगाउने राता वस्त्र विभिन्न खुशी, शान्ति, साहास र सौभाग्य विभिन्न प्रतीकको रुपमा लगाउने प्रचलन रहेपनि अहिले फेरिदै गएको उहाँले बताउनुभयो । महिलाहरुले वर्ष दिनभरिको ब्यथा, पीडा,भोगाइहरु गीतसंगीत मार्फत व्यक्तगर्दै सासूबुहारी बिचको सम्बन्धलाई मजबुत बनाउने पर्वको रुपमा लिइने गरिएको भएपनि अहिले पर्वको रौनक नै फेरिदै गएको गुरुङको भनाई छ ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    सोमबार, असोज ०१, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.