काठमाडौं । गायक तथा संगीतकार अल्मोडा राना उप्रेती र गायिका सुरक्षा सेन्चुरीको युगल गायनमा समावेश ‘चारकुने रुमाल’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
प्रदिप पोख्रेलको शब्दमा रहेको यस गीतलाई संगीतकार टिका दाहालले संगीतवद्द गरेका हुन् । गीतमा स्वयम गायक उप्रेतीको संगीत संयोजन रहेको छ ।
म्युजिक भिडियोमा अभिनेत्री तथा मोडल प्रकृति श्रेष्ठ, कृतिका श्रेष्ठ र गायक उप्रेतीको अभिनय रहेको छ । रंगीत बल्लव उप्रेतीकोको निर्देशनमा भिडियो तयार पारिएको हो ।
लिजेन्स इन्टरनेशनलको एजुकेशनको सहयोग रहेको यस गीतको भिडियोलाई गायक उप्रेतीको अफिसिएल युट्युव च्यानल ‘अल्मोडा राना उप्रेती’ मार्फत सार्वजनिक गरिएकको हो ।




















