काठमाडौं । गायक निप्पोन लामा र द भोइस किड्स सिजन २ प्रतिस्पर्धी गायिका अस्मिक खवासको युगल गायनमा समावेश ‘आँखाले’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
युवा प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको यस गीतमा शिवराज गुरुङको शब्द, संगीत भरेका छन् ।
गीतलाई राहुल प्रधानले संगीत संयोजन गरेका हुन् । गीतको छायाँकन नेपालमा नबिन गुरुङले गरेका हुन् भने अस्ट्रियामा महेन लिम्बुले गरेका हुन् ।
बिजेश पौडेलले भिडियोलाई सम्पदान गरेका हुन् । शेखर लामा निर्माता रहेको गीतको भिडियोमा गायक लामा र गायिका खवास फिचर्ड छन् ।
कलिलो उमेरका यी २ जना गायक गायिकाको आवाजमा निकै सम्भावना देखिन्छ ।
आजको युवा पुस्तालाई मनपर्ने खालको गायन शैली भएका कारण दर्शक स्रोतालाई यो गीत मनपर्ने कुरामा निर्माण टिम आशावादी रहेको छन् । यसअघि १२ वर्षको उमेरमा गायक लामाले ‘हे गर्ल’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका थिए ।
नयाँ म्युजिक भिडियो गायक लामाको युट्युव च्यानल ‘निप्पोन लामा’ मार्फत सार्वजनिक भएको हो ।



