गोरखा । नेपाली काग्रेसको अन्तरर्गत युवाहरुको संगठन नेपाल तरुण दलको केन्द्रीय समितिमा गोरखाका ८ जना मनोनित भएका छन् ।
बुधबार पार्टी सभापति शेरबहादुर देउवाले तरुण दलको केन्द्रीय सदस्यमा गोरखाका सञ्जय सिलवाल, रिता परियार, पदम भट्टराई, हितबहादुर अम्गाई (दिनेश), रमेश बस्ताकोटी, भागवत रेग्मी, केदार बस्नेत र अनिल कुमार रानालाई मनोनित गरेको जनाएको हो ।
पार्टी सभापति देउवाले ४०० जनालाई तरुण दलको केन्द्रीय सदस्यमा मनोनित गरेका छन् ।




















