गोरखा । गोरखाको गण्डकी गाउँपालिका अन्तरर्गत फिस्लिङ–अग्रिडाँडा–भुम्लिचोक–भैरवी सडक आयोजनाको काम ९० प्रतिसत सम्पन्न भएको छ ।
आयोजनाको बिषयमा स्थानीयबासीहरुबाट सामाजिक सञ्जालमा चासो ब्यत्तगरेपछि गाउँपालिकाले आयोजना निर्माणको अबस्थाबारे ध्यानाकर्षण पत्र जारी गर्दै आयोजनाको काम ९० प्रतिसत सम्पन्न भएको जनाएको हो ।
वाईपि इन्जिनियरिङ एण्ड कन्स्ट्रकसन प्रालि पाल्पाले ठेक्का पारेर काम गरेको उक्त योजनाको काम सम्पन्न भई गाउँपालिकालाई सडक हस्तान्तरण गरेपछि मात्र बिल भुक्तानी हुने जानकारी गराउदै पालिकाले सडक योजना अन्तरर्गत सडक चौडा गर्ने, पक्की नालाको निमार्ण गर्ने, ह्युम पाईप राख्ने तथा ढलान गर्ने लगायतका कार्य गर्ने गरी ठेक्का सम्झौत भएको जनाएको छ ।
सडकको प्राबिधिक लागत अनुमान तयार गर्दा गुणस्तरका साथसाथै परिमाणात्क रुपमा समेत अधिकतम निमार्ण कसरी हुन सक्छ भन्ने पक्षलाई ध्यानमा राखिएको पालिकाले जारी गरेको पत्रका उल्लेख गरिएको छ ।
पत्रमा राज्यको लगानीलाई सहि रुपमा सदुपयोग गरी परिमाणत्मक रुपमा मात्र नभई गुणस्तर निमार्णका लागि समेत पालिकाले एक वडा एक प्राविधिक परिचालन गरी संक्रिय रुपमा कामको सुपरीबेक्षण समेत गरिरहेको भनेको छ ।
ठेक्का सर्त अनुसार पुर्ण रुपमा सम्पन्न भए पश्चात ठेकेदार मार्फत पालिकालाई ठेक्का हस्तान्तरण गरेर मात्र बिल भुक्तानी गरिने व्यवस्था भएकाले गाउँपालिका यस बिषयमा सचेत रहेको पत्रमा उल्लेख गरिएको छ ।



