गोरखा । गोरखा घर भएका २ जना पत्रकार प्रेस यूनियन काठमाण्डौ जिल्ला समितिको सचिव र सहसचिवमा बिजयी भएका छन् ।
जिल्लाको अजिरकोट गाउँपालिका–३ काफलडाँडा घर भएका पत्रकार सन्तोष अधिकारी नेपाल प्रेस युनियन काठमाडौंको सचिवमा निर्वाचित हुनुभएको छ भने सहसचिवमा पनि गोरखाकै पूजा बगाले निर्वाचित हुनुभएको हो ।
अधिकारी हाल हिमाल प्रेस अनलाईनमा कार्यरत रहेका छन् भने बगाले होमल्याण्ड म्याग्जिनमा कार्यरत छिन् । पत्रकार अधिकारी गोरखाले लामो समय पत्रकारिता गर्नुभएको थियो ।




















