गोरखा । गोरखामा जन्ती बोकेको जीप दुर्घटनामा परेर घाईते भएकाहरुको नाम प्रहरीले सार्वजनिक गरेको छ । १९ जना सवार जीप दुर्घटना हुदा ५ जनाको घटना स्थलमा नै मृत्यु भएको थियो भने २ जना हामफालेर ज्यान जोगाउन सफल भएका थिए ।
सोही दुर्घटनामा परी १२ जना जन्ती घाईते भएका थिए । घाईते मध्ये ८ जनाको तनहुँको आँबुखैरेनी अस्पतालमा उपचार पछि घर फर्किएको र अन्य ४ जनाको चितवनको भरतपुरमा उपचार भई रहेको गोरखा प्रहरीले जानकारी दिएको छ ।
हर्क थापा, सुरज राना मगर, चन्द्र थापा र चालक दोषबहादुर थापा सहित ४ को चितवन मेडिकल कलेज भरतपुर चितवनमा उपचार भई रहेको गोरखा प्रहरीले जानकारी दिएको छ ।
शहिद लखन गाउँपालिका–३ को सिलिङकोटबाट दुलही लिएर शहिद लखन गाउँपालिका–५ को ताक्लुङ तर्फ फर्कने क्रममा प्रदेश नम्बर ३–०१–०२३ च ४४२७ नम्बरको जन्ती चढेको जिप मध्येरातमा दुर्घटना भएको थियो ।
दुर्घटनामा परी जन्ती गएका मध्ये शहिद लखन गाउँपालिका–५ ताक्लुङ पोखरी डाडाँ बस्ने बर्ष १९ को प्रविन थापा, बर्ष २८ का बिरबहादुर थापा, बर्ष १९ का निरज थापा, बर्ष १९ की नविना थापा र बर्ष ६४ को थानबहादुर थापाको घटना स्थलमा नै मृत्यु भएको थियो ।
घाईतेहरुको नामावली
चालक शहिदलखन गाउपालिका–३ ग्याजा बस्ने बर्ष २५ को दोषबहादुर थापा
शहिद लखन गाउँपालिका–५ पोखरीडाँडा बस्ने बर्ष ३८ को हर्क थापा
बर्ष २१ को सुरज राना मगर
बर्ष ६० को नरबहादुर थापा
बर्ष ३० को होमबहादुर राना
बर्ष १३ की सन्दिपा राना
बर्ष १८ को सुरज थापा
शहिद लखन गाउँपालिका–२ बस्ने बर्ष ३७ को चन्द्र थापा
बर्ष ३० को कुलबहादुर राना
बर्ष २० की लक्ष्मी थापा
बस्ने बर्ष १४ की मनिका राना
बर्ष १३ को प्रतिक राना


