गोरखा । गोरखामा आज बिहान जीप दुर्घटनामा परी मृत्यु भएकाहरु प्रति ३ वटा पार्टीले श्रद्वाञ्जली दिएका छन् । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेपाल कम्युनिस्ट पार्टीले मृत्तक प्रति श्रद्वाञ्जली ब्यक्त गरेका हुन् ।
सबै पार्टीले शुक्रबार विज्ञप्ती जारी गर्दै मृत्तक प्रति श्रद्वाञ्जली ब्यत्त गर्दै घाईतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । दुवै पार्टीले शहिद लखन गाउँपालिका–३ को सिलिङको कोटगाउँबाट दुलही लिएर फर्कने क्रममा रातीको समयमा भएको जीप दुर्घटना परी १ महिला सहित ४ जना पुरुष गरी ५ जनाको मृत्यु भएकोमा पार्टी स्तब्ध भएको जनाएको छ ।
जारी बिज्ञप्तीमा मृत्तक प्रति हार्दिक श्रद्वाञ्जली अर्पण गर्दै सम्पूर्ण शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना ब्यक्त गर्दछौ भन्दै दुर्घटनामा परी घाइते हुनुहुने सम्पूर्णको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौ समेत भनिएको छ ।
उक्त दुर्घटनामा परी शहिद लखन गाउँपालिका–५ ताक्लुङ पोखरी डाडाँ बस्ने बर्ष १९ को प्रविन थापा, बर्ष २८ का बिरबहादुर थापा, बर्ष १९ का निरज थापा, बर्ष १९ की नविना थापा र बर्ष ६४ को धनबहादुर थापाको घटना स्थलमा नै मृत्यु भएको थियो ।
सिलिङकोटबाट दुलही लिएर शहिद लखन गाउँपालिका–५ को ताक्लुङ तर्फ फर्कने क्रममा प्रदेश नम्बर ३–०१–०२३ च ४४२७ नम्बरको जन्ती चढेको जिप दुर्घटना भएको थियो । दुर्घटनामा १२ जना घाईते भएका थिए ।



