साँकेतिक तस्बिर
गोरखा । गोरखा चेम्बर अफ कमर्सले तेस्रो संस्करणको दशै सस्तो मेलाको आयोजना गर्ने भएको छ । चेम्बरले आइतबार पत्रकार सम्मेलन गर्दै यही असोज २३ गतेदेखी कात्र्तिक ३ गतेसम्म मेलाको आयोजना गर्न लागेको जानकारी दिएको हो ।
मेलाको बारेमा जानकारी दिदै अध्यक्ष भाईचन्द्र श्रेष्ठले देशभरी नै गोरखा चेम्बर पहिलो पटक दशै सस्तो मेलो गोरखामा आयोजना गरेको भन्दै त्यसको तेस्रो संस्करण अन्तरर्गत यो बर्ष पनि दशै लक्षित मेलाको आयोजना गरेको जानकारी दिए ।
मेला आयोजनाका लागि गोरखा नगरपालिका संग अनुमती मागेको जानकारी दिदै सुरक्षा निकाय अन्तरर्गत जिल्ला प्रशासन कार्यालय संग भने त्यसको अनुमती लिई सकेको जानकारी दिए ।
१० दिनसम्म चल्ने मेलामा नेपाल खाद्य कम्पनी लिमिटे८ड र साल्ट ट्रेडिङसंग दैनिक उपभोग्य बस्तु सस्तो मुल्यमा बिक्री गर्न समन्वय भई रहेको चेम्बर अफ कमर्सले जानकारी दिएको छ ।
मेलामा विगतमा जस्तै हिन्दु धर्मालम्बीहरुका लागि नव दुर्गा पूजाको विशेष ब्यवस्था गरिनुका साथै स्थानिय उत्पादनका परिकार, खशी, बोका, च्याङग्रा, लोकल कुखुरा, फेन्सीका कपडाहरु, घरेलु भाडाँकुडा तथा जुत्ता चप्पल तथा कृषिका उत्पादनहरु राखिने भएको छ ।
मेलामा ६० हजार दर्शकले प्रत्येक्ष अवलोकन गर्ने अनुमान गरेको चेम्बरले ७ करोडको कारोबार हुने अनुमान समेत गरेको छ । मेलामा जिल्लाका ११ वटै स्थानिय तहको सहभागीताको लागि पनि पहल सुरु गरिएको चेम्बरले जानकारी दिएको छ ।


