गोरखा । गोरखा नगरपालिकाका मेयर कृण्णबहादुर थापा मगरका स्वकिय सचिवले गल्ती स्वीकार गर्दै आत्मालोचना गरे पछि लामो समयदेखीको विवाद अन्तय भएको छ । विवाद समाधान उच्चस्तरीय समितिको वैठकले २ बुँदे सहमती गरी विवाद टुङ्गो लगाएको हो ।
केही महिना अगाडी शिक्षक छनौटका विषयमा स्वकिय सचिव अनिष अर्यालले शिक्षा शाखा प्रमुख चन्द्र बहादुर खड्का माथि दुव्र्यवहार गरेको भन्दै उपमेयर सहितको वडाध्यक्ष र कर्मचरीहरुले मेयरलाई असहयोग गर्दैै आएका थिए । यो बिचमा पटक पटक डाँकीएको नगरपालिकाको बैठक एजेन्डामा नै प्रवेश नगरी स्थगित भएको थियो ।
अर्यालले आत्मालोचना गरे लगत्तै सहमतीमा नै असार १० गते नगरसभा तोकिएको छ । नगरपालिकाले विवाद समाधान भएको जानकारी दिदै अब आईन्दा अर्यालले नगरपालिकाका कुनै पनि कर्मचारीलाई काम, कर्तव्य, अधिकार र सिमा नाघेर कुनै पनि काम नगर्ने, गरेमा प्रमुख प्रशासकीय अधिकृतले स्पष्टीकरण सोध्ने सहमती छ ।


