गोरखा । रोट्रयाक्ट क्लब अफ गोरखाको अध्यक्षमा सुनिता लौडारी सर्व सम्मत रुपमा चयन भएकी छिन् ।
शनिबार गोरखा सदरमुकाममा भएको भेलाले लौडारीलाई अग्रेजी बर्ष सन २०२३–०२४ को लागी अध्यक्षमा चयन गरेको हो ।
उक्त भेलाले उपाध्यक्षमा संजोग तिमिल्सिना, सचिवमा इन्सान अंगाई र कोषाध्यक्षमा प्रियंका श्रेष्ठ चयन भएकी छिन् ।
सोही भेलाले सर्भिस चियरपर्सनमा सुनिता श्रेष्ठ, कम्यूनिटी सर्भिस चियरपर्सनमा बविता श्रेष्ठ, प्रेफेशनल डेभलप्मेन्ट चियरपर्सनमा सरोज मास्के, ईन्टरनेशनल चियरपर्सनमा रवि श्रेष्ठ चयन भएको क्लबले जनाएको छ ।
त्यस्तै गरी, टिआरएफ चियरपर्सनमा सौनर घिमिरे, पब्लिक चियरपर्सनमा सुदिप श्रेष्ठ, मेम्बरसीप चियरपर्सनमा सन्दिपबावु खत्री, इन्ट्याक्ट कोर्डिनेशमा यानु गुरुङ र सर्जेन्ट एट आर्म चियरपर्सनमा तृप्ति थापा मगर चयन भएको पनि क्लबले जानकारी दिएको छ ।


