गोरखा । सिरानचोक गाउँपालिकालाई पूर्ण खोप पालिका तथा दिगोपन सुनिश्चितता पालिका घोषणा गरिएको छ । गाँउपालिका स्वास्थ्य शाखाको आयोजनामा पालिकालाई पूर्ण खोपयुक्त पालिका घोषणा गरिएको हो ।
पालिका भित्रका सवै वडाहरुले खोपको मापदण्ड पूरा गरेपछि पालिकाले एक कार्यक्रमका बिच गाउँपालिकालाई पूर्ण खोप तथा दिगोपना सुनिश्चितता घोषणा गरेको स्वास्थ्य शाखा प्रमुख टुकमान श्रेष्ठले जानकारी दिए ।
गत फागुन र चैत्र महिनामा घरधुरी सर्वेक्षण गरी लक्षित समूहका बालबालिकालाई पालिकाले खोप लगाएको थियो । उनका अनुसार जन्मदेखि १५ महिनासम्मका ३३० जना बालबालिका र १६ देखि ५९ महिनाका ७९७ जना बालबालिकाले पुर्णखोप प्राप्त गरेसँगै पुर्णखोप सुनिश्चितता पालिका घोषणा गरिएको हो ।
पालिका अध्यक्ष ज्ञानेन्द्र गुरुङको अध्यक्षता तथा जिल्ला समन्वय समिति प्रमुख मोहन थापा मगरको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा पालिका उपाध्यक्ष रिता देवकोटा, स्वास्थ्य कार्यालय गोरखाका नरजङ ठकुरी, पालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेशकुमार यादव, पालिका र वडाका जनप्रतिनिधी, स्थानीय लगायतको सहभागिता रहेको थियो ।




















