तिलक पौडेल
“ हेलो ! विवेकजी हुनुहन्छ ?”
“ …………………………. ”
“ तपाईं को बोल्नु भएको ? ”
“ ……………………….. ”
“ ए….! विवेकजीको Mrs हुनुहुन्छ ! म वहाँको बालसखा/लँगौटिया यार अर्थात् लँगौटी लगाउँथ्यो विवेक, म जामा; त्यसैबेला देखिका साथी याने तपाईं र विवेकको सम्बन्ध गाँसिनुभन्दा पहिलेका दोस्त …… ”
“ ………………. ”
“ विशेष त म फर्केको आज एक हफ्ता भो ! उही विवेकले फर्म त लगाई राखन, कमसेकम Female candidate खोजेको र आफ्नो Eligibility भएको ठाऊँमा २/४ सय खर्च गरेर के हुन्छ ? तिम्रो यही बानी खराब छ के ? भनेर कर गरी एउटा Training course मा Apply गरेकी थिएँ । नभन्दै Conformation प्राप्त भयो र America मा ३ महिने तालीम लिएर अघिल्लो America नेपाल आएको । हेर्नु न, विचरा विवेकलाई त कुन हो America जिल्लामा पो सरुवा गर्दिएछ, मैले कति पटक America बाट सम्पर्क गर्न खोजेको सम्पर्कै हुन सकेन भन्या ! अनि हिजो पो मष्तिष्क – विवेकको श्रद्धालु साथीसंग अनायासै नयाँ सडकमा भेट भो र उसले यो फोन नम्बर दिएकाले अहिले सम्पर्क गरेकी … ”
“ …………….. ”
“ साँच्चै विकास, प्रगतिको पढाइ कस्तो छ नि ! अनि कान्छो संयोग पनि स्कूल जान थाले होला हैन ? ”
“ …………….. ”
“ छैनन्, अहिले ? ”
“ …………………. ”
“ हो त नि विचरा ! त्यस्तो सानो उमेरमै केटाको शल्यक्रिया गर्नु परेछ, फेरि म पनि बाहिर भएको बेलामा परेछ, नत्र त एक पटक जसै आउँथें नि ! के छ, अचेल त ठीकै छ ? ”
“ …………. ”
“ हैन, भाउजु नै भनौं हई ! वास्तवमा विवेक भनेको हाम्रो Circle को योजनाबद्ध मान्छेमा गनिन्छ । पहिले–पहिले पनि उसको हामीप्रतिको कटू प्रहार भनेकै “हामी पढालेखा भएर पनि व्यवस्थित भएनौं रे ! कुरा आकास–पाताल जोड्ने, काम एउटै नगर्ने रे !” भन्ने थियो । उ भन्थ्यो – “ हेर चाँदनी ! जसले कुरा धेरै गर्छ वा एकै पटक धेरै कुराको शुरुवात गर्छ, त्यसले एउटै काम पनि फत्ते गर्दैन ” अनि Mind नगर्नुस् है – तपाईंको उदाहरण दिएर भन्थ्यो, मेरा घरमा त सहधर्मिणीले नै योजनाबद्धतामा भाँजो हालिन्–२, Intelectual Circle का तिमीहरूसमेत यसमा Convience नहुनु ? मलाई दुःखको विषय हो भने देशका लागि दुर्भाग्यको कुरा हो । त्यसो भए मष्तिष्क !
तिमी सहयोग गरिदेऊ न विवेकको घरायसी योजना तर्जुमामा । कसै भाउजु मानिसिएन भने मैले नै Life Partnership गरुँला – Only for Planned experience भनेर मष्तिष्कजीलाई भनेथें । वास्तवमा मष्तिष्क पनि विवेकको Good Friend of Mine हो कि ! नभन्दै एकपटक विवेकले मष्तिष्कलाई तपाईंसामु घरायसी परादृष्टि (Vision) तय गरी योजनाबद्ध कार्यक्रमको तर्जुमा गराउन भनेर उपस्थित गराएको थियो रे ! तर तपाईंले त उल्टै सानो विषयमा बखेडा मच्चाएर अप्रासाङ्गिकतातिर पो त्यो भेटघाटलाई मोड्नु भयो रे । मष्तिष्क भेट हुँदा Restaurant मा पसेर एकछिन चिया पिउँदै Sharing गरेका थियौं कि ! अनि मष्तिष्क भन्दै थियो –
तिमी सहयोग गरिदेऊ न विवेकको घरायसी योजना तर्जुमामा । कसै भाउजु मानिसिएन भने मैले नै Life Partnership गरुँला – Only for Planned experience भनेर मष्तिष्कजीलाई भनेथें । वास्तवमा मष्तिष्क पनि विवेकको Good Friend of Mine हो कि ! नभन्दै एकपटक विवेकले मष्तिष्कलाई तपाईंसामु घरायसी परादृष्टि (Vision) तय गरी योजनाबद्ध कार्यक्रमको तर्जुमा गराउन भनेर उपस्थित गराएको थियो रे ! तर तपाईंले त उल्टै सानो विषयमा बखेडा मच्चाएर अप्रासाङ्गिकतातिर पो त्यो भेटघाटलाई मोड्नु भयो रे । मष्तिष्क भेट हुँदा Restaurant मा पसेर एकछिन चिया पिउँदै Sharing गरेका थियौं कि ! अनि मष्तिष्क भन्दै थियो –तपाईप्रति विवेकको चाहना भनेको अरु काममा Involve नभएपछि घर राम्रोसंग सजिएको होस्, बच्चाबच्चीप्रति प्रतिस्पर्धी भावना होइन कि अभिभावकत्व/ममत्वको वर्षा होस्, अरुको लाख–आमाको काख भन्छन्, ममतामयी वातावरणले केटाकेटीमा चुस्तता ल्याउन सक्छ भन्नु रहेछ रे ! उसले समय तालिका नै बनाएर छाडेको छ रे । त्यसको Involve तपाईंबाटै हुनु भनेपछि विचरा “विकास, प्रगति र संयोग” हरूले पालना गर्ने त कुरै भएन नि ! हैन र ? बिहानमा स्वच्छ हावा प्रकृतिले राजादेखि रङ्कसम्म समानरुपले स्वस्थ टोनिकका रुपमा सञ्चार गरेको हुन्छ, तपाईं फुर्तिली बनेर केटाकेटीलाई पनि घुमाइदेवोस्, आफू पनि घुमोस्, तपाईंबाट भान्सामा महङ्गो/मीठो होइन, स्वास्थ्यका दृष्टिले उपयुक्त खाना पाकोस् रे ! तपाईबाट छरछिमेकमा/बच्चाबच्चीमा नराम्रो व्यवहार नहोस् रे ! तर “केटाकेटीलाई रक्तापक्ष बनाएर पिटी हेर ! यौवनीले, हैन तिमी आइमाईवर्गमा ममता शुन्य हुन्छ कि क्या हो ?” भनेर प्रश्न गथ्र्याे पहिला– । तपाईं त उल्टै मष्तिष्कलाई भन्नु भो रे –
हेर्नु दाई ! केको योजना हो । कहिल्यै होइन सरसल्लाह गर्ने भनेको, मैले त यी खरखर छोरा छोरी जन्माइदिएँ, हुर्काइदिएँ, साना छउञ्जेल गुहुमूत सोहोरें, अब मैमाथि आइलाग्ने भैसके छोराछोरी पनि, भनेको पटक्कै मान्दैनन्टे/र्देैनन् । लैजाऊन् आफ्ना छोराछोरी कता लाने हुन् म एउटा जीवन त जसरी पनि पाल्न सक्छु, अलि–अलि बाउआमाले पढाइ दिएका थिए, त्यैपनि बाऊ, छोरा–छोरी मिलेर खाइदिए, मैले त केही गर्न सक्दिन ।
विचरा विवेकलेमात्र घरदेखि तपाईंहरू समेतको रथ एक्लै गुडाइरहेको छैन त भाउजु । विचराको पनि त मन हो, रहर हो, इच्छा हो, मनिषा हो ! कि कसो भाउजु ? अनि उसको घर राम्रो÷व्यवस्थित देख्ने रहरमा तपाईंले साथ नदिएर हुन्छ त ! अब पनि तपाईंमा परिपक्वता नआएर होला त ? नत्र मष्तिष्कसंग भनेका भनाइ साँच्चै अन्तर हृदयदेखि भन्नु भएको हो भने म चुनौति दिन चाहन्छु भाउजु –
हेर्नोस् मेरा Circle का Female साथीहरू समेत विवेकलाई देखेर इष्र्या गर्छनु, भन्नोस्न म स्वयं Single Life बिताउने प्रण गरेकी मान्छे हुँ, तिनै तपाईंका नासोहरूलाई स्वीकारेर विवेकको सहयात्री बनिदिन सक्छु, यदि तपाईं विवेकलाई अर्की खोजेर मोजमस्ती गरे भो भनेर घुक्र्याउनु हुन्छ भने, हुन त म शायद तपाईंसामु प्रत्यक्ष भएकी छैन – एकदुई पटक भएको पनि बिर्सनु भएहोला । हैन भने तपाईं विवेकको दिमाग खाँदै हुनुहुन्छ, बुझ्नुभो ? मष्तिष्क भन्दै थिए – त्यसदिन पनि विवेक पागल झैं रोयो रे विचरा ! उल्टै विवेकलाई तपाईंले दिमाग उडाइदियो भन्ने ? यो सुन्दा सहन नसकेर वास्तवमा म तपाईलाई नै फोन गर्न खोजेकी थिएँ, Chance बस भेटिनु पनि भो । हेर्नाेस् आउँदो जीवन सुखी र खुसी बनाउन योजनाबद्धता जरुरी हुन्छ, घर सपार्न विचारको मन्थन त जरुरी हुन्छ नै । तर उपयुक्त निष्कर्ष Draw गर्न सक्ने गरी, व्यक्तिलाई पागलसरह बनाउने गरी हैन । तपाईंले मष्तिष्कको रोहवरमा विवेकप्रति राखेका धारणाले सही अर्थमा संयोग, विकास र प्रगतिका जीवनमा समेत प्रतिकूल प्रभाव पार्ने हुन्छ र त्यस्तो गर्ने छुट विवेकको जीवनमा तपाईंलाई छैन सुन्नुभो ! बरु विवेक आएपछि मलाई फोन नम्बर ……….. मा सम्पर्क गर्न भनिदिनु होला । अहिलेलाई छोराछोरीको उज्ज्वल भविष्यको कामना गर्दै विदा भएँ ।
नमस्कार ”
“ …………. ”
तौलिहवा, कपिलवस्तु
२०५८ आषाढ ११


