साँकेतिक तस्बिर
गोरखा । बिदेश पठाउने बहानामा २१ लाखभन्दा बढी रकम ठगी गरेको आरोपमा प्रहरीले गोरखाका ई जनालाई राजधानीबाट प्रक्राउ गरेको छ ।
काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयले साविक ध्याल्चोक गाउँपालिका–८ घर भएका दुर्गाबहादुर रेग्मी र कमला रेग्मीलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुले पिडीतलाई पोर्चुगल पठाईदिन्छु भनी रकम ठगी गरेको काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ ।
ललितपुरको गोदावरी नगरपालिका–१४ ठैब बस्दै आएका उनिहरुलाई प्रहरीले पक्राउ गरेको प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिए । उनिहरुले सुजन कार्की समेत ३ जनालाई पोर्चुगल पठाइदिन्छु भन्दै प्रतिव्यक्ति १३ लाख रुपैयाँ उठाएर ठगी गरेको प्रहरीको आरोप छ ।
पोर्चुगलको प्रतिष्ठित होटलमा काम लगाइदिने र मासिक २ लाख रुपैया तलब हुने भनि प्रलोभनमा पारी रकम असुल गरेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको कार्यालयले जनाएको छ । उनिहरुले पटक पटक गरि पिडितबाट २१ लाख रुपैयाँभन्दा बढी रकम उठाएका थिए ।
रकम लिएर फरार भएपनि पिडितले वैदेशिक रोजगार विभागमा उजुरी गरेका थिए । बिभागले आरोपितलाई खोज्न प्रहरीलाई पत्राचार गरे लगत्तै उनीहरुको खोजी भएको थियो ।
पक्राउ परेका दुवैजना माथि बिभागले आबश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।


