गोरखा । नेपालमा प्रतिबन्धित सट्टेबाजी गरेको र त्यसको बिज्ञापन गरेको भन्दै गोरखाका ‘बल्छी ध्रुबे’ अर्थात मरिचमान श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रतिबन्धित अनलाइन बेटिङ एप ‘वान एक्स बेट’मा सट्टेबाजी गरेको र त्यसको विज्ञापन गरेको आरोपमा उनी सहित ८ जनालाई प्रहरीले पक्राउ हो । आठै जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो ।
नेपालका चर्चित कलाकार समेत रहेका श्रेष्ठले वानएक्स बेटमा सट्टेबाजी खेलाउने र यसको विज्ञापन गरेको आरोप प्रहरीले लगाएको बुझिएको छ । प्रहरीले सबैको नाम गोप्य राखेको छ । उनीहरूलाई म्याद थप गरी सार्वजनिक गर्ने तयारी गरिरहेको प्रहरी स्रोतले जनाएको छ ।
पक्राउ परेका कलाकारहरूले युट्युबमार्फत् वानएक्स बेटको विज्ञापन गरेको आरोप छ । युट्युबमा प्रोमो कोड प्रयोग गरी वानएक्स बेटिङमा छुट प्राप्त गर्न सकिने भन्दै विज्ञापन गरेको देख्न सकिन्छ ।
यसरी कलाकार एवं युट्युबरहरूले विज्ञापन गरेर बेटिङमा युवापुस्तालाई आकर्षण गर्ने गरेको भन्दै कार्यालयले अपरेसन चलाएको हो । त्यसरी अपरेसन चलाएर बुधबारमात्रै बेटिङका ५ जना एजेन्टलाई पक्राउ गरी सार्वजनिक गरेको थियो ।
पक्राउ परेका ५ जनाले मात्रै ७४ करोडको कारोबार गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको भन्दै उनीहरुलाई सार्वजनिक गरिएको थियो ।




















