गोरखा । एलजास नेपालले उत्तरी गोरखाको ३ वटा विद्यालयहरुलाई करिब ४ लाख रुपैया बराबरको फर्निचर प्रदान गरिएको छ । संस्थाले धार्चे गाउँपालिका–६, काशीगाउँमा रहेका बिधालयहरुलाई उक्त सामाग्री उपलब्ध गराएको हो ।
हिमाली साइनो फाउण्डेसन र लेस विस्तारित संस्थाको सहकार्यमा एलजासले काशीगाउँमा रहेको मञ्जुश्री मावि, चन्द्रदेवी र सूर्यदेवी आधारभूत बिद्यालयलाई ४ लाख रुपैया बरावरको सामाग्रीहरु बितरण गरेको छ ।
फाउण्डेसनका अध्यक्ष धनप्रसाद गुरुङ र लेस विस्तारित संस्थाका संस्थापक संयोजक इत्ता गुरुङले सामाग्री बिद्यालयलाई हस्तान्तरण गरेका थियो ।
एलजासले दराज, कुर्ची, फिल्टर, स्पीकर लगायतका सामग्री उपलब्ध गराएको जनाएको छ ।


