गोरखा । गोरखा बक्राङ १ युवक राजधानीको गोँगबुस्थित एक होटलमा मृत फेला परेका छन् । टोखा नगरपालिका–९ स्थित ग्रिन नेपाल होटलमा सहिद लखन गाउँपालिका–१ बक्राङका दिनेश सार्की र अर्का १ जना युवती मृतावस्थामा फेला परेका हुन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजाललेका अनुसार दुवै जना होटलको कोठाभित्र झुण्डिएको अवस्थामा फेला परेको जानकारी दिए । दिनेश बाथरुममा र युवती कोठाभित्र झुण्डिएको अवस्थामा फेला परेको हो ।
युवती तनहुँ जिल्ला व्यास नगरपालिका–१० दमौली घर भएकी मुस्कान वयक रहेको खुल्न आएको छ । बिहान होटलका कामदारले खाना खानका लागि बोलाउन जाँदा नबोलेपछि प्रहरीलाई खबर गरेर ढोका फुटाउँदा महिला कोठाभित्र र पुरुष बाथरुमभित्र चुकुल लगाएर झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीले अनुसन्धान भई रहेकाले अहिले नै उनी के कती कारणले झुण्डिए आत्माहत्या गरे भन्ने कुरा भन्न नसकिने जानकारी दिए ।




















