गोरखा । गोरखाको दरौदी नदीमा ढुबेर १ जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरानचोक गाउँपालिका–६ गाँखु चिलाउने गाउँका ६६ बर्षिय पूर्णबहादुर पुलामी भएको गोरखा प्रहरीले जनाएको छ ।
सनिबार घरबाट खाना खाएर निस्कीएका पुलामी गाँखु नजिकै रहेको दरौदी नदीमा मृत्त अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक तथा सूचना अधिकारी लिलाराज लामिछाने बताए ।
पुलामी श्रीमतीको मृत्यु पछि विछिप्त अवस्थामा जीवन निर्वाह गर्दैै आएको स्थानियले जानकारी दिए । घटना हुनु भन्दा केही बेर अगाडी मात्रै उनले लगाएको सर्ट आफ्नो छोरालाई दिनु भन्दै गाँखुमा रहेको प्रहरीलाई दिएर उनी नदी तर्फ लागेको पनि प्रहरीले जानकारी दिएको छ ।
त्यस लगत्तै उनका छोरा र प्रहरीले खोज तलास गर्दा बजार नजिकै रहेको दरौदी नदीमा मृत्त अवस्थमा पुलामीलाई फेला पारेको गोरखा प्रहरीले जनाएको छ ।


