गोरखा । गोरखा जिल्ला १६ जना बिद्यार्थीहरु छात्रवृत्ति छनौटमा पर्न सफल भएका छन् । तमू सांस्कृतिक प्रतिष्ठान नेपालले बितरण गर्ने छात्रबृत्तीमा ति बिद्यार्थीहरु छनौटमा पर्न सफल भएका हुन् ।
प्रतिष्ठानले गएको जेष्ट ६ गते सनिबार गोरखा सदरमुकामको तमु ह््यूल छौंज धिं को कार्यालयमा छनौट परिक्षा लिएको थियो । परिक्षामा सहभागी भएका मध्ये १६ जनाले छात्रबृत्ती पाउने भएको प्रतिष्ठानका पूर्व अध्यक्ष खुशीमान गुरुङले जानकारी दिए ।
शिक्षा क्षेत्रमा तमू (गुरुङ) बिद्यार्थीहरुको विकासको लागि तमू सास्कृतिक प्रतिष्ठान नेपालले प्रत्येक वर्ष प्रदान गर्दै आईरहेको छ ।
८ पास भएका तमू (गुरुङ) बिद्यार्थीहरुले कक्षा ९ देखि १२ सम्म नियमित उत्र्तिण हुदा छात्रबृत्ती पाउनेछन् ।
छनौट गर्दा गरिब तथा जेहन्दार बिद्यार्थीहरुलाई प्राथमिकता दिएको पनि प्रतिष्ठानले जनाएको छ । छनौट भएका बिद्यार्थीहरुले कक्षा ९ देखी १२ पास गर्दा प्रति बर्ष ८ हजार रुपैयाँका दरले छात्रबृत्ती पाउने प्रतिष्ठानले जनाएको छ ।





















