गोरखा । जिल्ला प्रशासन कार्यालय गोरखाले भोलीदेखी २ चरणमा राहदानीको बायोमेट्रिक विवरण संकलन तथा वितरण कार्य संचालन गर्ने भएको छ ।
सेवाग्राहीको चाप बढ्दै संगै जेठ २८ गते आइतबारबाट विहान ६ बजे देखि बेलुका ६ बजे सम्म २ चरणमा राहदानीको बायोमेट्रिक विवरण संकलन तथा राहदानी वितरण गर्न लागेको हो ।
राहदानीको लागि मिति र समय लिएका सेवाग्राहीहरुले तोकिएकै मिति र समयमा उपस्थित भएर सेवा लिन प्रशासनले आग्रह गरेको छ । तोकिएको मिति र समय भन्दा अघि वा पछि आउने सेवाग्राहीलाई सेवा दिन नसकिने प्रशासनले जनाएको छ ।


