गोरखा । गोरखा सदरमुकाममा पौडी खेल्ने क्रममा डुबेर १ नाबालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धार्चे गाउँपालिका–५ सिङला घर भएका ८ बर्षिय बालक मनिस गुरुङ भएको पुष्टी भएको हो ।
केही समयदेखी गोरखा नगरपालिका–६ मा रहेको मामा घरमा बस्दै आएका गुरुङको शुक्र्रबार साँझ साथीहरु संग मिलेर सदरमुकामको रानी पोखरीमा पौडी खेल्ने क्रममा डुबेर गंभिर घाईत भएका थिए । बालकको गोरखा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सुचना अधिकारी लिलाराज लामिछानेले जानकारी दिए ।
४ चार जना साथीहरु मिलेर पौडी खेल्ने क्रममा मनिस पोखरीमा डुबे लगत्तै साथीहरुले चिच्चाएर अरु संग हारगुहार मागेका थिए । तत्कालै स्थानीयहरु र प्रहरीको सहयोगमा बालकलाई पोखरीबाट बाहिर निकालीएको थियो ।




















