गोरखा । गोरखा सदरमुकाममा रहेको अपाङ्गता सहयता कक्षलाई सामग्री हस्तान्तरण गरिएको छ । नेत्रहीन संघद्धारा सञ्चालित सहायता कक्षलाई आवश्यक सामग्री हस्तान्तराण गरिएको हो ।
सहायता कक्षलाई मल्टिफङसनल कलर फोटोकपि मेशिन, लेमिनेसन मेशिन प्रदान गरिएको छ । उक्त सामग्री शुक्रबार एक कार्यक्रमका बिच जिल्ला समन्वय प्रमुख मोहनबहादुर थापा मगर, गोरखा नगरपालिकाकी उपप्रमुख मसली माया थोकर पुनः, सहायक प्रमुख जिल्ला अधिकारी पुस्कर राना र नेत्रहीन संघ पुनस्थापना कार्यक्रमका निर्देशक अमृत राईले संयुक्त रुपमा हस्तान्तरण गरिएको थियो ।
२०७८ को जनगणना अनुसार गोरखामा अपाङ्गता भएका व्यक्तिहरुको संख्या ३.१६ प्रतिशत रहेको छ भने राष्ट्रिय तथ्यांकमा २.५५ प्रतिशत मात्र रहेको छ ।
सहयता कक्षबाट सार्वजनिक सेवाका लागि आउँने सेवा ग्राहिहरुलाइ फोटो कपि, लेमिनेसन, कम्प्युटर प्रिन्टिङ्, परामर्श सेवा, सूचना आदान प्रदान, हुलाक टिकट, दृष्टिबिहीनहरुलाइ श्रव्य पुस्तक वितरण जस्ता सेवाहरु उपलब्ध गराउदै आएको छ ।




















