साँकेतिक तस्बिर
गोरखा । पछिल्लो केही साता यता सौरपानी क्षेत्रमा चोरी डकैती बढेपछी स्थानिय युवाहरुले प्रहरीलाई साथ दिएका छन् । उनीहरुले सौरपानी क्षेत्रमा हुने प्रहरीको गस्तीमा सामेल भएर चोरी नियन्त्रणमा प्रहरीलाई सहयोग गरेका हुन् ।
बारपाक सुलिकोट गाउँपालिका–४, सौरपानीका स्थानीय युवाहरुले प्रहरीलाई साथ दिदै गस्तीमा सामेल भएका हुन । दिनहुँजसो चोरीको घटना हुन थाले पछि जिल्ला प्रसासन कार्यालय गोरखाले प्रहरीको थप फोर्स परिचालन गर्न समेत आदेश दिएको छ ।
स्थानियको गुनासो पटि घटनाको अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय गोरखाको एक टोली शुक्रबार सौरपानी पुगेर स्थानीय र जनप्रतिनिधिहरु संथ छलफल समेत गरेको थियो ।

छलफल पछि सौरपानीको प्रहरी चौकीमा प्रहरीको संख्या बढाउने र ‘प्रहरीसंग मिलेर स्थानीय युवाहरुले समेत गस्ती गर्ने निर्णय भएको छ । रन्चोक, खारचोक र भञ्ज्याङ तथा भुन्चोकटारमा अस्थायी रुपमा सर्व साधारणको घरमा नै बसेर प्रहरीले गस्ती गर्ने निर्णय भएको सहभागी मध्ये १ जनाले जानकारी दिए ।
साँझ परे लगत्तै चोरीका घटना हुने र स्थानीयबासी त्रसित भएका कारण सुरक्षा ब्यवस्थामा परिवर्तन गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक अनुपम श्रेष्ठले जानकारी दिए ।
छलफलमा पालिका प्रमुख बिण्णुप्रसाद भट्टका साथै प्रमुख जिल्ला दिनेश सागर भुसालको समेत सहभागीता रहेको थियो ।


